मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

स्वाथ्य प्रबर्धन सेवा सम्बन्धि पैरवी कार्यक्रम सम्पन्न ।।।

स्वास्थ्य प्रवर्धन सेवा सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि एक दिने पैरवी कार्यक्रम सम्पन्न गरिएको छ ।

स्वाथ्य प्रबर्धन सेवा सम्बन्धि पैरवी कार्यक्रम सम्पन्न ।।

सितल साह आषाढ़ २७ सिराहाको लाहन,।। स्वास्थ्य प्रवर्धन सेवा सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि एक दिने पैरवी कार्यक्रम सम्पन्न गरिएको छ ।

मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही धनुषाको आयोजनामा आयोजित कार्यक्रम लहानको मारवाडी सेवा सदनमा आयोजना गरिएको थियो ।

कार्यक्रममा मानव स्वास्थ्यसँग सराेकार राख्ने सुचना,संचार र बिज्ञापन मार्फत विभिन्न सरुवा राेगहरुकाे बारेमा आम समुदायलाई जानकारी गराई राेग लाग्नबाट बाच्नका लागि समाजमा अहम भुमिका खेल्ने काम मिडियाकर्मिहरु र स्वस्थ्यकर्मीहरुको रहेकाे हुनाले रोगहरूको पहिचान र निदानको वारेमा व्यापक छलफल सहितको कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बिगतमा र अहिले पनि सरुवाराेगहरु जस्तै काेराेना भाईरस, डेङगु फिभर,मलेरिया जस्ता धेरै राेगहरु सर्ने बाट बच्न सुचना तथा संचारले जनमानसमा सकृय भुमिकामा पत्रकारहरुले काम गर्दै  आएको सर्बबिदितै छ भन्ने बताउनु भएकाे छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, मीडिया कर्मीहरुको सहभागितामा संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाका वर्तमान अध्यक्ष र पूर्व अध्यक्ष लगाएत विभिन्न मीडिया आवद्ध पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker