मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

बोरा लिएर कृषक पुगे कृषि शाखा ।।।

सिरहाको धनगढीमाईको कृषि शाखामा स्थानिय किसानहरू खाली बोरा बोकेर पुगेका हुन ।

सितल साह, पुस १२ । सिरहाको धनगढीमाईको कृषि शाखामा स्थानिय किसानहरू खाली बोरा बोकेर पुगेका हुन ।
शाखाद्वारा स्थानिय किसानहरूलाई अनुदानमा वितरण गरिएको आदित्य जातको गहुँको बीउ खेतमा नउम्रिएपछि स्थानिय किसानहरू कृषक समुह महासंघका अमिरलाल यादवको नेतृत्वमा खाली बोरा बोकेर कृषि शाखामा पुगेर ज्ञापन पत्र बुझाएका छन् ।

धनगढीमाई नगरपालिका स्थित किसानहरूलाई वितरण गरिएको आतिथ्य जातको गहुँको बीउ नउम्रिएपछि किसानहरू आन्दोलित भएका छन ।

करिब ३० जना किसानहरूको खेतमा छरिएको गहुँ हालसम्म उम्रिएको छैन ।

यता पीडित किसानहरूको समस्याप्रति गम्भीर भएका शाखाले किसानहरूलाई क्षतिपूर्ति उपलब्द गराउनका लागि सकारात्मक प्रतिक्रिया देखाएका छन ।

धनगढीमाई नगरपालिका भित्र आम किसानहरूको खेत बारीमा माटो परीक्षणको कार्य अगाडि बढाउन सकिएको खण्डमा यस्ता समस्या नआउने भएकोले नगर उक्त कार्यको लागि गम्भीर हुन जरुरी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker