मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रकार सम्मेलनमुख्य-समाचारसमाचारस्थानीय खबर

मीटर ब्याज पीडितद्वारा पत्रकार सम्मेलन ।।।

सिरहाको लहान नगरपालिकाको पर्यटकिय क्षेत्र फूलवारी धाममा मीटर ब्याज पीडित संघर्ष समिति नेपालद्वारा पत्रकार सम्मेलन गरी कडा संघर्षको संखनाद उद्घोष गरेको छ ।

विनोद मण्डल, पुस ९ । सिरहाको लहान नगरपालिकाको पर्यटकिय क्षेत्र फूलवारी धाममा मीटर ब्याज पीडित संघर्ष समिति नेपालद्वारा पत्रकार सम्मेलन गरी कडा संघर्षको संखनाद उद्घोष गरेको छ ।

सिरहाको फूलवारी धाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघर्ष समितिका तर्फबाट मनोज पासवानले मीटर ब्याज पीडितका समस्याहरू राखेका थिए ।

विभिन्न टोल बस्तीबाट आएका पीडितहरुको सामूहिक समस्याको बारेमा पत्रकार सम्मेलनमा जानकारी गराउँदै जिल्ला प्रशासन कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिरहाले आफूहरुको समस्या प्रति गम्भीर नभएको सहभागीहरुले बताएका छन ।

सिरहामा साहु महाजनको दादागिरीले सीमा नागिरहेको अवस्थामा बिचौलियाको कारण अवस्था झन भयावह हुने सहभागीहरुले बताएका छन ।

आफूहरुले साहु महाजनको ऋण सरकारी मापदण्ड अनुसार तिर्न तयार रहेता पनि सो मुताबिक साहु महाजन मान्न तयार नभएपछि आफूहरु पीडामा परेको पत्रकार सम्मेलन मार्फत मनोज पासवानले जानकारी गराउनु भएको छ ।

सरकारसँग विगतमा गरिएको सहमति अनुसार संघर्ष समिति मान्न तयार भएपनि जिल्ला प्रशासन कार्यालयको अदुरदर्शिताको कारणले साहु महाजनको दादागिरी कायम रहेको सहभागी पीडितहरूले बताएका छन ।

बाक्लो मीटर ब्याज पीडितहरूको उपस्थितिका बीच आयोजित पत्रकार सम्मेलनमा सिरहाका बिभिन्न मिडियामा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

सरकारले मीटर ब्याज पीडितका समस्याको बारेमा गम्भीर नभए कडा सङ्घर्षमा उत्रिने चेतावनी पत्रकार सम्मेलन मार्फत सरकारलाई दिईएको छ ।

विभिन्न बैंकहरुबाट थोरै ब्याजमा रकम निकालेर साहु महाजनले बढी ब्याजमा लगाउने गरेको कारणले मीटर ब्याजको समस्या समाजमा देखा परेको आम बुझाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker