मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
महाधिवेशनसमाचारस्थानीय खबर

महिला संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।।

सिरहाको धनगढीमाई ११ मा रहेको प्राकृतिक अस्पतालको सभा हलमा नेपाल महिला संघ जिल्ला कार्यसमिति सिरहाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

           
सितल साह,कार्तिक १ । सिरहाको धनगढीमाई ११ मा रहेको प्राकृतिक अस्पतालको सभा हलमा नेपाल महिला संघ जिल्ला कार्यसमिति सिरहाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दुहरुको महान चाड बडा दसैं, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव , विशिष्ट अथिती नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत , अथितीहरू नेपाल तरुण दलका जिल्ला अध्यक्ष अरविन्द मण्डल मुस्लिम संघका हमिद राईन, वाडा अध्यक्ष ओम यादव, वाडा अध्यक्ष सरोज कुमार महतो लगाएत पार्टी निकट नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल महिला संघका जिल्ला अध्यक्ष संगिता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शर्मिला पोखरेलले गर्नु भएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै, विशिष्ट अथिती उषा राउतले ” मलाई कुनै सांसद ,मन्त्री बन्नु छैन , आफूलाई महिला दिदीबहिनीहरु सवल बनाएर यो राष्ट्रको अनुहार फेर्नु छ भन्दै आफूले नेपाल महिला संघको चौथो अधिवेशनको तयारीमा लागेको ” बताउनु भएको हो ।
               
मर्मस्पर्शी भाषण गरेका राउतले आफूले नेपाली कांग्रेस पार्टीमा गरेको योगदानको समेत चर्चा गर्नु भएको थियो ।
राउतले सात ओटै प्रदेशमा महिला संघको संयोजक बनाउनका लागि तयारी अवस्थामा रहेको भन्दै नेपालको प्रत्येक टोल बस्तीमा नेपाली कांग्रेसको भगिनी संगठनको समितिको विस्तारमा आफूले दिलो ज्यानले लागिपरेको बताउनु भएको छ ।
सिरहाका विभिन्न टोल बस्तीबाट आएका महिला दिदी बहिनीहरूलाई शुभकामना दिँदै टोल बस्तीमा समेत नेपाल महिला संघको समिति विस्तारका लागि जिल्ला कार्यसमिति सिरहालाई सभापति रामचन्द्र यादवले निर्देशन समेत दिनु भएको छ ।
कार्यक्रमको समापनमा बोल्दै नेपाल महिला संघका जिल्ला अध्यक्ष संगिता चौधरीले महिलाहरु सवल भए समाजको बलियो आधार खडा हुने भएकोले गाउँ गाउँबाट महिलाहरु नेपाल महिला संघको छाता भित्र आउन जरुरी रहेको बताउनु भएको छ ।
करिब २ बजे सञ्चालन गरिएको कार्यक्रम शुभकामना आदानप्रदान गर्दै ५ बजे सकिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker