मिति:- १ जेष्ठ २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

शक्ति महिला सामुदायिक संस्थाको अगुवाईमा शुभकामना आदानप्रदान ।।।

सिरहाको धनगढीमाईको कवर्ड हलमा धनगढीमाई वाडा नम्बर ९ मा रहेको शक्ति महिला सामुदायिक संस्थाको आयोजनामा भव्यताका साथ जितिया पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

विनोद मण्डल, असाेज १४ । सिरहाको धनगढीमाईको कवर्ड हलमा धनगढीमाई वाडा नम्बर ९ मा रहेको शक्ति महिला सामुदायिक संस्थाको आयोजनामा भव्यताका साथ जितिया पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाको अध्यक्षतामा बिहान करिब १० बजे देखि आयोजना गरिएको कार्यक्रममा नगरका सबै वडाका करिब ३०० महिलाहरुको उपस्थितिमा जितिया पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।

धनगढीको जिरोमाईलमा रहेको कवर्ड हलमा पहिलो पटक शक्ति महिला सामुदायिक संस्थाले जितिया पर्वको अवसरमा शुभ कामना कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा गाउँ गाउँबाट सहभागिताका लागि उक्त कार्यक्रममा पुगेका महिला दिदी बहिनीहरूलाई नगरका वरिष्ट महिला प्रतिनिधिहरूले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले शक्ति महिला सामुदायिक संस्थाले महिला माथि हुने सबै प्रकारका हिंशाहरुको विरुद्धमा आवाज उठाउँदै समाजलाई सचेत बनाउँदै आएको अवस्था रहेको बताए ।

नगरमा आफ्ना स्थापना समयदेखि यस संस्थाले महिलाहरुको हितमा फाइदाजनक कार्यक्रमहरु गर्दै आएको अवस्था रहेको हुनाले शक्ति महिला सामुदायिक संस्थाको माग गाउँ गाउँबाट बढिरहेको अवस्था रहेको छ ।

” आफ्नो संस्कृति आफै जोगाऔं ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिला दिदीबहिनीहरुले जातीय पहिरनमा सजिएर जितिया पर्वको मूल मर्मलाई ख्याल गर्दै सांस्कृतिक नाच गान सहित कार्यक्रमलाई अगाडि बढाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker