मिति:- २५ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

सिरहा-चाेहर्बा राेड दुर्घटनामा परी दुई जना घाइते ।।।

चोहर्वा सिरहा सडखण्डमा आज बिहान करिब ९ बजेर ३० मिनेटको समयमा समान दिशातर्फ गइरहेको गाडीलाई पछाडिबाट बाईकले ठक्कर दिँदा बाईकमा सवार दुई जना सामान्य घाईते भएका छन ।

सितल साह , असाेज १३। चोहर्वा सिरहा सडखण्डमा आज बिहान करिब ९ बजेर ३० मिनेटको समयमा समान दिशातर्फ गइरहेको गाडीलाई पछाडिबाट बाईकले ठक्कर दिँदा बाईकमा सवार दुई जना सामान्य घाईते भएका छन ।

पूर्व पश्चिम राजमार्गको चोहर्वा सिराहा सडक खण्डको सिराहा सदरमुकाम तर्फ आइरहेको हिमालय सुगर मिलको गाडी ज १ च ११६३ नम्बरको गाडीलाई सामान दिशातर्फ आउदै गरेको स १ प २१७५ नम्बरको बाइकले पछाडिबाट ठक्कर दिँदा बाईकमा सवार दुई जना घाइते भएका थिए ।

दुर्घटनामा परी बाईक चालक अक्षय चौधरीको चिउँडोमा चोट लागेको छ भने बाईक पछाडि सवार पृथ्वी नारायण चौधरीको दायाँ खुट्टामा चोट लागेको बताइएको छ ।

गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

नरहा गाउँपालिका वडा न:३ मा रहेको हिमालय सुगर मिलका पिअकप गाडी र मोटरसाइकल बीच भएको दुर्घटनाको बारेमा स्थानियले प्रहरीमा खबर गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker