मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

नैनपुर सडकखण्ड जलमग्न आवत जावत प्रभावित ।।।

सिराहा जिल्लाको धनगढीमाई ११ स्थित नैंनपुर सडकखण्ड अन्तर्गत दुम खोला स्थित सडक डुवानमा पर्दै आएको छ ।

विनोद मण्डल, असाेज १७ । सिराहा जिल्लाको धनगढीमाई ११ स्थित नैंनपुर सडकखण्ड अन्तर्गत दुम खोला स्थित सडक डुवानमा पर्दै आएको छ ।

पूर्व पश्चिम राजमार्गको स्थानिय आप चोक देखि उत्तर सर्रे खोला समिपका बस्तीहरूमा जानको लागि बनाईएको सडकको बेहाल भईरदा पनि जनप्रतिनिधि बेखवर देखिन्छ ।

स्थानिय धनगढी बजार भएर राष्ट्रका विभिन्न ठाउँहरूमा आवात जावतका लागि बनाइएको सडकको अवस्था एकातिर जर्जर रहेको छ भने अर्कोतिर सडकको मध्य भागमा पानीको उपयुक्त निकास नगरिँदा सडकमा आवत जावत प्रभावित भएको हो ।

सडकको दायाँ बायाँ स्थानियले मिचेर पानी निकास स्थानियले बन्द गरेपछि सडकमा पानी जमेको हो ।

स्थानियले आफ्ना दादा गिरी कायम राखेपछि सामान्य वर्षामा पनि सडकमा पानी जमेर पोखरी बन्ने गरेको छ ।

धनगढीमाईको मुख्य सडकको रूपमा रहेको यस सडक भएर स्थानिय विद्यालयहरूमा अध्ययन गर्नका लागि जाने विद्यार्थीहरुलाई समेत समस्या उत्पन्न भइरहँदा पनि स्थानिय निकायले दीर्घकालीन उपाय नअपनाई आफ्नो कर्तव्यबाट पछि हटेको अवस्था रहेको छ ।

बाटोको अवस्थाको सम्बन्धमा वाडा अध्यक्ष अशोक श्रेष्ठलाई फोन संपर्क गर्दा बाटोको अवस्थाको अवलोकन हामीले गरेका छौं , दुई दिन भित्र बाटोमा ग्रावेल हाल्ने जानकारी गराउनु भएको छ ।

स्थानियको दादा गिरीले गर्दा उक्त बाटोको अवस्था जर्जर रहेको आम बुझाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker