मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारशिक्षा-स्वास्थसमाचार

बरिस्ठ पत्रकार गुप्ता माथि सांघातिक हमला ।।।

सिराहाको नवराजपुर गाउँपालिका-३ फुलबरिया स्थित सार्वजनिक पोखरी विवादको सम्बन्धमा सोमबार दिउँसो करिब ३ बजे रिपोर्टिङ गर्न गएको नेपाल पत्रकार महासंघ सिराहाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता माथि संघातीक हमला भएको छ

जनता खबर, भदौ १२ । सिराहाको नवराजपुर गाउँपालिका-३ फुलबरिया स्थित सार्वजनिक पोखरी विवादको सम्बन्धमा सोमबार दिउँसो करिब ३ बजे रिपोर्टिङ गर्न गएको नेपाल पत्रकार महासंघ सिराहाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता माथि संघातीक हमला भएको छ ।

पालिकाको ट्र्याक्टर तोडफोड भईरहेको बेला फोटो लिन पुगेका निवर्तमान अध्यक्ष पत्रकार गुप्तामाथि स्थानीय स्वर्गीय रबिन्द्र यादवको अन्दाजी २० वर्षको छोरा कमलेश यादव नेतृत्वमा आएको समुहले अचानक वरिष्ट पत्रकार गुप्तामाथि हमला गरि मोबाईल लुटपाट गरेको हो ।

रिपोर्टिङकै क्रममा रहेको अर्का पत्रकार जयनाथ यादवलाई समेत उक्त समुहले हातपात र गालीगलौज गरेका छन ।

पत्रकारमाथि भएको सांघातिक हमला प्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाले विज्ञप्ति जारी गर्दै घाटनामा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै कडारुपमा भत्सर्ना गरेको छ ।

निवर्तमान अध्यक्षको हातबाट लुटिएको मोबाईल फिर्ता गर्नुको साथ साथै घटनामा संलग्नहरूकाे तत्काल खाेज तलास गरि कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय सिराहासंग जाेड्दार माँग गर्दै यदि प्रहरी प्रशासनले तत्कालै कार्यवाही प्रक्रिया अगाडि नबढाए महासंघ सिराहा कडा संघर्षमा उत्रिने विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सिराहामा भइरहेको प्रेस स्वतन्त्रता बिराेधी गतिविधि उपर राज्यकाे गम्भीर ध्यानाकर्षण गराउदै पत्रकारलाई स्वतन्त्रतापुर्वक बाँच्न र लेख्न दिने संबैधानिक अधिकारकाे रक्षाका लागि सम्बन्धित सबैमा अनुरोध समेत जारी विज्ञप्तिमा गरिएको छ ।

नवराजपुर गाउँपालिकामा भएको सांघातिक आक्रमण प्रति प्रेस सेन्टर नेपाल सिराहा लगाएत विभिन्न संघ संस्थाद्वारा घटनाको छानबिनको माग गर्दै विज्ञप्ती जारी गरेका छन ।

माछा मार्ने क्रममा पोखरीमा सरकारको स्वामित्व दावी गरिरहेको पक्ष र गाउँ पालिका कार्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीबीच घम्साघम्सी परिरहेको दृश्य पत्रकार गुप्ताले मोबाईलबाट फोटो, भिडियो खिच्दै गर्दा ‘किन फोटो, भिडियो खिचेको’ भन्दै एकाएक सांघातिक हमला गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker