मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

लहान २४ झुटकि युवकको शव बलानमा फेला ।।।

सिरहाको लहान नगरपालिकाको वडा नं २४ झुटकी घर भएका ३५ वर्षिय शिवनारायण यादवको शव बलान नदीमा फेला परेको छ ।

सितल साह , भदौ ९ । सिरहाको लहान नगरपालिकाको वडा नं २४ झुटकी घर भएका ३५ वर्षिय शिवनारायण यादवको शव बलान नदीमा फेला परेको छ ।

अविरल वर्षाको कारण सर्रे खोलाले उनलाई बगाएको थियो ।
लहानको मानिक दह झुटकी घर भएका यादवको शव सखुवाननकारकट्टी वाडा नंबर ५ कल्याणपुर गाउँको पूर्वमा रहेको बलान खोलाको पछिमि छेउमा स्थानीयले देखेपछि प्रहरीमा खवर गरेका थिए ।

घोप्टो अवस्थाको शवलाई उनका अन्दाजी १८ वर्षिय भाई सुरज यादवले पहिचान गरेपछि पोस्ट मार्दमका लागि प्रादेशिक अस्पताल लहानमा लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आर्थिक अवस्था निकै कमजाेर रहेकाे शिबनारायन यादवकाे परिवार बिचलित भएकाे छ। दैनिक ज्यालादारी गरि गुजारा गर्दै आइरहेकाे वहाँकाे परीवारकाे लागि साहारा काेई नरहेकाे एक स्थानीयले वताए।

तत्काल, दातृ संस्थाहरु अथवा नगरपालिकाबाट राहत स्वरुप केही सामग्री,नगद काे ब्यवस्थापन गर्नु पर्ने अती आवश्यक रहेकाे स्थानीयहरुले बताउदै सम्बन्धि निकायलाई ध्यानाकर्षण समेत गराउन खाेजेकाे जानकारी गराए।।।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker