मिति:- २३ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

वडा अध्यक्षद्वारा वाडा कार्यालय भवनको सिल्यान्यास ।।।

सिरहाको धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वाडा कार्यालय भवनको विधि विधानपूर्वक विहिबारेमा सिल्यान्यास गर्नु भएको छ ।

विनोद मण्डल , भदौ ७ । सिरहाको धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वाडा कार्यालय भवनको विधि विधानपूर्वक विहिबारेमा सिल्यान्यास गर्नु भएको छ ।

भौगोलिक विकटताका कारण विगत लामो समयको प्रतीक्षा पछि वाडा अध्यक्ष अमित ठकुरीले भवन निर्माणको कार्य अगाडि बढाएर एतिहासिक कार्य गर्नु भएको आम बुझाई रहेको देखिन्छ ।

सिमसिम वर्षा भइरहेको अवस्थामा कुनै नयाँ कार्यको शुरुवात गर्नु शुभ मानिने परम्परा हाम्रो समाजमा रहिआएको छ ।

आज एक औपचारिक कार्यक्रम गर्दै हाल संचालित वाडा कार्यालय परिसरको पछिमी भागको दक्षिणी भागमा जेसिविले पिलर राख्ने खाल्डो खनेर उक्त खाल्डोमा विधि र निष्ठापूर्वक पूजापाठ पण्डितद्वारा गराई वाडा अध्यक्ष अमित ठकुरी ज्यूले आफ्नो हातले इटाको पूजा गर्नुभएको थियो ।

उलेख्निय संख्यामा सहभागी भएका स्थानियहरुको उपस्थितिमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले मसला सिमेन्ट आफ्नै हातले राखेर भवनको सिल्यान्यास गर्नु भएको हो ।

अत्यन्त खुशीयाली वातावरणमा आयोजित कार्यक्रममा स्थानिय बुद्धिजिबी,राजनीतिकर्मी , समाजसेवी , पत्रकार लगायतको उपस्थितिमा भवन निर्माणको औपचारिक शुरुवात गरिएको थियो ।

टोल बस्तीमा विद्युतिकरणको एतिहासिक कार्य चर्चाको विषय सेलाउन नपाउँदै नयाँ भवनको निर्माणले वाडाबासीहरु एक अर्कामा खुशी साटिरहेका छन ।

आयोजित कार्यक्रममा अथितीगणलाई खाँदा ओढाएर सम्मान गरिएको थियो भने सहभागी सबैलाई मिठाइ प्रसाद वितरण गरिएको थियो ।

भौगोलिक विकटतालाई नजिकबाट बुझेका स्थानिय समाजसेवी दलबहादुर कार्कीले ” यो एतिहासिक क्षणमा आफूभित्र खुशीको सीमा नागेको ” बताउनु भएको छ ।

कार्यक्रम स्थलमा सहभागी सबैजना उल्लासपूर्ण वातावरणमा खुशी मनाइरहेको दृश्यले केहीबेर वडा कार्यालय भरिभराउ भएको थियो ।

हालसम्म कसैले पनि नसोचेको कार्य वडा अध्यक्ष अमित ठकुरी ज्यूले गरेको उदाहरणीय कार्यले यतिबेला धनगढीमाई वडा नं १४ का टोलबस्तिमा उनको चर्चा थपिएको छ ।

संक्षिप्त कुराकानीमा ” वडा अध्यक्ष अमित ठकुरी ज्यूले, काम बोलेर होइन गरेर देखाउन सक्नु ठूलो कुरा भएको बताउनु भएको छ ।

क्रमिक रूपमा विकासको दिशामा अघि बढिरहेको वाडा अध्यक्ष अमित ठकुरीको नमुना कार्यले यतिबेला समाजमा खुशीयाली छाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker