मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचारस्थानीय खबर

साहुमहाजनकाे जालमा फसेर संगिता नवजात शिशुसहित जेल चलान

सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा जेल जीवन बिताई रहेकी छिन ।

जनता खबर, लहान २७ साउन सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा जेल जीवन बिताई रहेकी छिन । अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगिता कुमारी महतोको श्रीमानलाई साहु महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६/६/१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो तर चेक अनुसारको रकम खातामा नभएपछि उनलाई बैंकिङ कसुर मुद्दामा गोलबजार नगरपालिका वाडा नंवर ४ का राम भजन महतोले बादी भई मुद्दा चलाए पछि उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास , ईजलास नंवर ५ मुद्दानंवर-०७७-CB–०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतोले कारागार जीवन भोग्दै आएकी हुन । पत्रकारको टिम आज महतोको घरमा पुगि पति दु:खी महतो संग घटना सम्बन्धि थप कुरा बुझ्ने प्रयास गरेका छन। बोल्ने क्रममा दुखी महतोले ३ जना मिलेर मेरो यो दुर्दसा बनाएको बताएका छन। यस सम्बन्धि विशेष जानकारी अर्को अंकमा।सभार सिरहा टाईम्स।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker