मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

मधेश प्रदेशमा अवस्थित लहानको एक ऐतिहासिक परिचय ।।।

मधेश प्रदेशमा एउटा परिचित नाम हो लाहान जुन मधेश आन्दोलनको उदगम भुमिकाे रुपमा परिचित छन। ।

 

सितल साह , असाेज २ । मधेश प्रदेशमा एउटा परिचित नाम हो लाहान ।

गाउँघरमा प्रचलित कथन अनुसार लौहान सिंह नामक राजाले यहाँ धेरै वर्ष पहिले राज्य गरेकाले यस ठाउँको नाम लाहान रहन गएको मानिन्छ भने कतिपय अवस्थामा पौराणिक बजारको रुपमा परिचित लाहानमा बजार भर्नका लागि आएका व्यापारीहरूबीच तत्कालिन समयमा झगडा हुँदा प्रयोग गरिएको शब्द ‘लौ हान’ शब्दको अप्रभंश भई लहान नामकरण भएको बुझाई रहेको पाईन्छ ।

कुल १६७.१७ वर्ग कि.मी. क्षेत्रफलमा रहेको लाहान नगरपालिकामा कुल वाडा संख्या २४ रहेको छ ।

सिरहा जिल्लाको पूर्वमा रहेको लहान नगरपालिकाको पूर्वमा बलान नदी अर्थात् सप्तरीको सुरुङ्गा नगरपालिका ,पश्चिममा धनगढीमाई अर्थात् सरस्वती खोला ,दक्षिणमा सखुवानन्कारकट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका र उत्तरमा उदयपुर जिल्लाको नेपालटार पर्दछ ।

लहान बजार, लहान गोठ र सिगराही मटियर्वा गाउँ पञ्चायतलाई वि.सं. २०३३ असार २२ गते मिलाएर लहान नगर पञ्चायत घोषणा गरिएको थियो ।

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पडरिया थारुटोल, सोनमति मझौरा, बस्तीपुर, तरेगना गोविन्दपुर, ढोढना, भदैया, ब्रह्मन गोरछारी, सिस्वनी र भवानीपुर गाविसहरू समेत यसमा गाभेर लाहान नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो ।

पर्यटकीय नगरीको रूपमा परिचित लाहान नगरपालिका भित्र खप्टे डाँडा , माणिक दह , हात्तिदह, देवी दह, पकडीया गड,राजदेवी पंचावती मन्दिर ढाेढना, ब्रह्मन, फूलबारी धाम , बाटिका टुरिजम आदि यसका पर्यटकीय गन्तव्य मानिन्छन ।

एक सामुदायिक क्याम्पस ,ग्रामीण प्रशासनिक केन्द्र ,एक सरकारी अस्पताल र आँखाको लागि परिचित चौधरी आँखा अस्पताल रहेको यस नगरमा पूर्व पक्षीम राजमार्गको करिब करिब बलान छेउमा हाल बन्द अवस्थाको बस पार्क र लाहान ट्राफिक एरियामा सडक उत्तर छेउमा एक अर्को बस पार्क रहेको छ ।

राजनीतिक भूमिको रुपमा परिचित लाहनबाट गरिएको मधेश आन्दोलनले तार्किक रूप लिएको थियो जसकाे कारण मधेश आन्दोलनको उदगम स्थलकाे रुपमा पनि परीचित रहदै आएका छन।

हाल लहान न.पा.का नगर प्रमुखमा महेश चाैधरी र नगर उपप्रमुखमा रामचलितर महताे रहेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker