मिति:- ३१ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लौकाको तरकारी खाएपछि चार जाना अस्पताल भर्ना ।।।

सिरहाको धनगढीमाई वाडा नम्बर ५ जयपुरमा लौकाको तरकारी खाएको एकै परिवारका चार सदस्य बिरामी परेका छन ।

सितल साह , असाेज ३ । सिरहाको धनगढीमाई वाडा नम्बर ५ जयपुरमा लौकाको तरकारी खाएको एकै परिवारका चार सदस्य बिरामी परेका छन ।

गत शुक्रबार आफनै बारीमा फलेको लौका (सजमैन)को तरकारी खाएपछि आशा कुमारी शर्माको चार सदस्य थला परेका हुन ।

तरकारी खाएपछि परिवारका चार सदस्यमा हनहनी ज्वरो आएको , पेट दुख्ने ,रिंगटा लाग्ने , पखाला लाग्ने जस्ता समस्या देखिएपछि शनिवार बेलुका सबैलाई स्थानियको सहयोगमा स्थानिय नैंनपुर अस्पताल भर्ना गरिएको थियो ।
सिकिस्त अवस्थामा अस्पतालको इमर्जेन्सी शाखामा भर्ना भएका उनीहरूको तत्काल सहज उपचार शुरू गरिएको थियो ।

उपचारको क्रममा रहेका उनीहरुको रगत , दिशा,पिसाब जाँच गरिएको थियो ।

खाना गडबडीका कारण सबै एकै पटक बिरामी परेको र उपचारमा करिब तीन दिनदेखि रहेको सबैको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको बेडमा उपचारथ रहेका आशा शर्माका अनुसार ” बारीमा तीन ओटा लौका फलेको थियो , जसमध्ये मैले एउटा टिपेर तरकारी बनाएर घरपरिवार सहित मैले खाएको थिए , फलेको पहिलो लौकाको तरकारी भएकोले थोरै तरकारी कचौरामा राखेर छिमेकीलाई लगेर दिए तर छिमेकीले आफूहरु खाइसकेको बताएपछि उक्त कचौराको तरकारी फर्काई आफ्नो घरमा राखे , त्यसपछि आफूलाई ज्वरोले च्याप्न थालेको ” बताए ।

तरकारीको बोटमा कुनै औषधि राखेको प्रश्नको जिज्ञासामा उनले भने ‘ आफूले करिब दस दिन अगाडि उक्त बोटमा जिंक र फोरेट औषधि राखेको बताए ।
नेपाल सरकारले खाद्य बस्तुमा गहिरो प्रभाव पर्ने फोरेट नामको औषधिलाई प्रतिबन्ध लगाएको अवस्थामा नेपालको बजारमा लुकिछिपी बेचिने अवस्था रहेको कारण मानवीय स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने उक्त औषधीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन जरुरी रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker