मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedदुर्घटनासमाचारस्थानीय खबर

हराएका मानिसको सफल उद्धार ।।।

सोलुखुम्बु जिल्लाको सोताङ गा.पा.वडा नं.०५ घर भएका दिपेश राईको खोजतलास पछि प्रहरीले सफल उद्दार गरेको छ ।

‌ विनोद मण्डल, मंसिर १ । सोलुखुम्बु जिल्लाको सोताङ गा.पा.वडा नं.०५ घर भएका दिपेश राईको खोजतलास पछि प्रहरीले सफल उद्दार गरेको छ ।

पर्यटकको लागि भरिया काम गर्दै आएका हात्तिराम राईको छोरा १९ वर्षीय दिपेश राई मिति २०८०।०७।२६ गते देखि खुम्बु पसाङल्हामु वडा नं.०५ नाम्चे तोपडाँडाबाट घर जान्छु भनि हिडेका थिए । उनी सम्पर्क बिहिन भएपछि खोजतलास गरी पाउँ भनि उनको गाउँले दाई दल बहादुर राईले ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुमा मिति २०८०।०७।३० गते जानकारी गराई हुलियासहित निवेदन दिएका थिए ।

खोजतलासका लागि ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुबाट प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी टोली र रणशुर गुल्म नाम्चे सोलुखुम्बुबाट खटिएको संयूक्त टोलिले खुम्बु पसाङल्हामु गा.पा.वडा नं.०५ जोरपाल देखि माथि जंगलको भिरमा ३५०० फिट तल राईलाई फेला पारी उद्दार गरी उपचारको लागि नाम्चे स्थित रहेको माउन्टेन अस्पतालमा पुर्याई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker