मिति:- १५ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लाईन्स क्लव अफ लाहान सनसाईनद्वारा जाडोको न्यानो कपडा वितरण ।।।

सिरहाको धनगढीमाई १२ कुशमाहा स्थित खानेपानी कार्यालयको परिसरमा सनसाईनद्वारा जाडोको समयमा विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो कपडा अन्तर्गत कम्बल वितरण गरिएको हो ।

विनोद मण्डल, माघ १३ । सिरहाको धनगढीमाई १२ कुशमाहा स्थित खानेपानी कार्यालयको परिसरमा सनसाईनद्वारा जाडोको समयमा विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो कपडा अन्तर्गत कम्बल वितरण गरिएको हो ।

शैक्षिक जगतका चर्चित ब्यक्तित्व पाण्डव हमालको विशेष पहलमा कम्बल वितरण गरिएको बुझिएको छ ।

धनगढीमाईका मेयर शिवशंकर महतोको प्रमूख आथित्यमा र समाजसेवी तथा बुद्धिजीवी पाण्डव हमालको विशेष पहलमा स्थानिय कुश्माहा र आहालेका करिब ५५ जना विपन्न परिवारका व्यक्तिहरूलाई बोलाएर न्यानो कपडा ओढाएर प्रदान गरिएको हो ।

लाईन्स क्लव अफ लाहान सनसाईनका पुनम चौधरी , शर्मिला पोख्रेल ,खुश्बू हमाल ,सुनिता सिंह लगायतको उपस्थितिमा कार्यक्रमको सञ्चालन पाण्डव हमालले गर्दै कम्बाल वितरण गरिएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय ठटियाका प्रहरी ,पत्रकार ,समाजसेवी लगायतको उपस्थितिका बीच कम्बल वितरण गरिएको थियो ।

सहभागीहरुले यस पटक जाडो जानै लागेको अवस्थामा कसैले पनि कुनै किसिमको राहत प्रदान नगरेको अवस्थामा कल्वले हामीलाई कपडा वितरण गरेर राहत प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

समाजसेवी पाण्डव हमालको नजर यसपटक धनगढीमाई १२ मा परेपछि स्थानिय विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो कपडा प्राप्त भएको आम बुझाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker