मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

धनगढी बजारमा झिझिया जारी ।।।

सिरहाको धनगढीमाई १० को धनगढी बजारमा झिझिया जारी रहेको छ । स्थानिय दुर्गा भवानीको मन्दिर परिसरमा जारी झिझियाले स्थानीयमा खुशियालीको महसूस भइरहेको छ ।

विनोद मण्डल,कार्तिक ३ । सिरहाको धनगढीमाई १० को धनगढी बजारमा झिझिया जारी रहेको छ । स्थानिय दुर्गा भवानीको मन्दिर परिसरमा जारी झिझियाले स्थानीयमा खुशियालीको महसूस भइरहेको छ ।

यतिबेला मधेशमा झिझिया नृत्यको रौनक बढिरहेको छ ।

बडा दसैंको कलश यात्राको शुरुवातसँगै स्थानीय दुर्गा भवानीको शक्ति पीठमा बेलुका विधिपूर्वक पूजापाठ गरी मिथिला संस्कृतिको मौलिकता झल्किने लोकसाहित्य अन्तर्गतको झिझिया नृत्यको रौनक यतिबेला धनगढी बजारमा देख्न सकिन्छ ।

बेलुका झपक्क साझ परेपछि गाउँ गाउँबाट आएका विभिन्न झिझिया टोलीले धनगढी बजारको दुर्गा भवानीको मन्दिरमा पूजा पाठ गरेर मन्दिरको परिक्रमा गरी , मन्दिरको अगाडि तर्फ बनाएको गेटबाट स्टेजमा उद्घोष गरे पश्चात गएर आ आफ्नो प्रतिभा देखाउनका लागि झिझिया टोली प्रस्थान गर्दै आएको छ ।

उलेखनिय भक्तजनहरूको उपस्थिति हुँदै आएको यस झिझिया मेलामा धनगढी बजारको झिझियाको व्यबस्थापकिय पक्ष अत्यन्त राम्रो रहेको छ ।

झिझिया टोलीले सबैभन्दा पहिला डीहिवारको पूजा गरेर झिझियाको शुरुवात गर्दछ ।

झिझियाको मुख्य गीतको रूपमा रहेको ” तोहरे भरोसे बरहम बाबा झिझिया बनेलीयै हो , बरहम बाबा झिझिया पर होईय सवार ” गीत गाएर झिझियाको शुरू गर्ने गरिन्छ ।

कलात्मक हिसावले गोलो प्वाल पारिएको माटोको घैंटा भित्र बलिरहेको दियो टाउकोमा राखेर झिझिया खेल्ने गरिन्छ ।

टाउकोमा घैटा राखेर नाचिने यो नृत्य आजभोलि डिजे साउण्डको सुर तालमा समेत आयोजना हुँदै आएको छ ।

मधेशका शक्ति पीठहरुमा यतिबेला बेलुका अबेला रातिसम्म झिझिया नृत्य प्रतियोगिता पनि जारी रहेको अवस्था रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker