मिति:- ३१ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनाशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

विद्यार्थी सवार गाडी पल्टिदा विद्यार्थी घाइते

विद्यालयको समयमा करीब ११ बजेर ३० मिनेटमा विद्यार्थी बोकेर गन्तब्य तिर जाँदै गरेको अवस्थामा गाडी अनियन्त्रित भैइ खेतमा पल्टिँदा गाडीमा सवार केही विद्यार्थी सामान्य घाइते भएका छन

                       
सितल साह फाल्गुन ९ । विद्यालयको समयमा करीब ११ बजेर ३० मिनेटमा विद्यार्थी बोकेर गन्तब्य तिर जाँदै गरेको अवस्थामा गाडी अनियन्त्रित भैइ खेतमा पल्टिँदा गाडीमा सवार केही विद्यार्थी सामान्य घाइते भएका छन ।
कर्जन्हा नगरपालिका वडा नं. ६ स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. १ ख. १६८४ नं. को शिक्षानान्तर ऐकेड्मी कर्जन्हाको स्कुल बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा उक्त बसमा सवार रहेका बिद्यार्थीहरु कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने जितेन्द्र राउतको छोरी अं. बर्ष ७ की आशिका राउतको दाहिने हातमा चोट र ऐ. ऐ. वडा नं. ९ बस्ने अजित साहको छोरा अं. बर्ष ६ को प्रशान्त साहको आँखा माथी र गालामा कोतारिएको अवस्था रहेको छ ।
घाइते दुवै जनाको स्थानीय फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भई रहेको छ भने दुवै जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको उपचार स्थलमा आफन्तहरु पुगिसकेको छ भने बस सहित चालक ऐ. ऐ. ६ बस्ने लक्ष्मी दासको छोरा अं. बर्ष २७ को दिपेन्द्र दासलाई प्र.चौ.कर्जन्हाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रवीन्द्र राज पाण्डेले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker