मिति:- १२ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedखेलकुदसमाचारस्थानीय खबर

सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै ।।।।

मधेश प्रदेशको सिराहा जिल्लाको सुखीपुर नगरपालिकाले स्थानिय खेलाडी र राष्ट्रिय खेलाडीलाई अपमान गर्दै गरेको खवर बाहिरिएको छ ।

विनोद मण्डल फाल्गुन ११ । मधेश प्रदेशको सिराहा जिल्लाको सुखीपुर नगरपालिकाले स्थानिय खेलाडी र राष्ट्रिय खेलाडीलाई अपमान गर्दै गरेको खवर बाहिरिएको छ ।

नगरको वडा नं ५ लड्कनहा घर भएका कराते खेलाडी श्री किसुन शाह स्थानिय र राष्ट्रिय खेलाडी भएर रजत पदक जितेर नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएपनि उनलाई हालसम्म सुखीपुर नगरपालिकाले कुनै सम्मान गरेको छैन ।

लाहान दोजोका सिनियर खेलाडी श्री किसुन शाह गत जनवरी १३ र १४ २०२३ मा बंगलादेशमा भएको चौथो ईन्टरनेशनल कराँते ओपन च्याम्पियनशिप २०२३ मा सार्क राष्ट्रहरू बीच भएको खेलमा उनले दोश्रो स्थान प्राप्त गरी राष्ट्रको गौरव बढाएको खेलाडी हुन ।

मधेशको भूमिमा जन्मेर राष्ट्रको एकातिर गौरव बढाएको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको शान बढाएको अवस्था रहेको देखिन्छ ।

उनी खेल जगतमा यतिबेला संघर्ष गर्दै आएका छन् । उनी फेरि आउँदो मार्चमा दुबई मा हुन गइरहेको फ्रस्ट इमिरेट्स स्पोर्ट्स कराते ओपन च्याम्पियनशिप २०२३ का लागि नेपालबाट छनौटमा परेपछि उनी यतिबेला धर्म संकटमा परेको छ ।

आर्थिक अभावका कारण खेलमा सहभागी हुन नपाउने चिन्ताले आर्थिक सहयोगको लागि उनी पटक पटक मेयर राम औतार यादवको कार्यालय र घरमा पुग्दा मेयर यादवले कुनै वास्ता आफूलाई नगरेको खेलाडी शाहको आरोप रहेको छ ।

नेपाल सरकार , प्रदेश सरकार र स्थानिय सरकारले खेलकुदमा बजेट विनियोजन गरेपनि उक्त बजेट खेलाडीसम्म नपुग्नु चिन्ताको बिषय बनेको अवस्था रहेको देखिन्छ ।

आफनै पालिकामा राष्ट्रिय खेलाडी भएको थाह पाएर पनि पालिकाले खेलाडीको मनोबल बढाउन कुनै सम्मान नगरिनु खेलाडीलाई अपमान गरेको सहजै बुझ्न सकिन्छ ।

मेयर यादवलाई पटक पटक फोन सम्पर्फ गर्दा एकातिर फोन नउठेको अवस्था रहेको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको कार्यालयमा पुग्दा मेयर साहेब बाहिर जानु भएको छ , हामीलाई थाहा छैन भन्ने जस्ता जबाफ पाईन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker