मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

विद्युत प्राधिकरण लाहान शाखाको ध्यानाकर्षण जरूरी

सिरहाको धनगढीमाई १२ स्थित विष्णुपुर टोलमा रहेको ११ हजार भोल्टको तारमा बासको झ्याङ टासिदा पनि विद्युत प्राधिकरण लाहान शाखा दर्शक बनिरहेका छन ।

सितल साह फाल्गुन ९ ।
सिरहाको धनगढीमाई १२ स्थित विष्णुपुर टोलमा रहेको ११ हजार भोल्टको तारमा बासको झ्याङ टासिदा पनि विद्युत प्राधिकरण लाहान शाखा दर्शक बनिरहेका छन । स्थानीय खानेपानी योजनाको लागि तानिएको उक्त भोल्टको तारको नजिकमा रहेको गाछिहरुको उचित ब्यबस्थापन बिना तार तानिदा रुख बिरुवाहरू तारमा टासिदा आगोको लप्का निस्कने गरेको अवस्था रहेको छ ।
हावा हुण्डरीको समयमा पटक पटक रुख बिरुवाहरूको हाँगा टासिदा निस्कने आगोले बस्ती उच्च जोखिममा रहँदा पनि नियमित विद्युतको गाडी ओहोर दोहोर गरिरहँदा पनि आँखा चिम्लिएर हाकिम साहेबहरुले यात्रा गरीरहनु भएको छ ।
विद्युत प्राधिकरण लाहान शाखामा वस्तु स्थितिको बारेमा जानकारी टेलिफोन मार्फत गराउन खोज्दा टेलिफोन सम्पर्क हुन नसक्दा स्थानिय चिन्तित भएको अवस्था रहेको देखिन्छ । समयमा विद्युत प्राधिकरण लाहान शाखाले ध्यान केन्द्रित नगर्दा संभावित जोखिम हुने सम्भावना रहेको हुनाले तत्काल समस्याको समाधान हुन जरूरी रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker