मिति:- १७ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

पूर्व वडाध्यक्षलाई पक्राउ पूर्जी जारी ।

जनकनन्दिनी गाउँपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष विक्रम यादवलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

विनोद मण्डल, ३ श्रावण ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष विक्रम यादवलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

विभिन्न व्यक्तिहरुबाट जग्गाको लागि रकम उठाएको र जग्गा नदिएको भन्दै उनीमाथि बिगोको मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत धनुषाको बिगो नं. १६५२ र १९७ चलानी नं. ७९–३६–००९८७५ अनुशारको पत्रमार्फत जिप्रका धनुषालाई पत्राचार गरेपछि उनलाई पक्राऊ गर्न खोजिएको हो ।

जिल्ला अदालत धनुषाको बिगो मुद्दामा असार २२ गते काटिएको पत्र अनुसार यादवलाई २ बर्ष कैदमा राख्नुपर्ने फैसला भएकोमा उनी फरार रहेका छन् ।

यादव दोषी ठहर भई उनलाई दुई बर्ष कैद (जेल सजाय) को फैसला गरिएकोमा उनी अदालतमा हाजिर भएका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker