मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधदुर्घटनामुख्य-समाचारसमाचारस्थानीय खबर

सिरहाका पत्रकार माथि गुन्डागर्दी शैलिमा धारिलाे हथियारले प्रहार , ।।।

सिरहाको औरही गाँउपालिका वडा-५ औरहीमा टुडेखोज मिडिया प्रालिका अध्यक्ष तथा टुुडेखोज राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक सन्तोष यादवमाथि छुडा प्रहार भएको छ ।

जनता खबर , भदौ २८ ।सिरहाको औरही गाँउपालिका वडा-५ औरहीमा टुडेखोज मिडिया प्रालिका अध्यक्ष तथा टुुडेखोज राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक सन्तोष यादवमाथि छुडा प्रहार भएको छ ।

स्थानिय युवाहरूले सामाजिक संजालमा गरेको पोस्टको विषयलाई लिएर बहस गरेको र सोही समूहमा रहेका केही युवाहरूले उनी माथि छुडा प्रहार गरेको थियो । खुडा प्रहारबाट उनलाई सामान्य चोट लागेको बुझिएको छ ।

यता औरही चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र चौधरीले तीन जना युवाहरूलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको बताउनु भएको छ ।

पछिल्लो समय समाचारका विषयलाई लिएर देशका विभिन्न भागहरुमा पत्रकारहरु माथि सांघातिक हमला हुँदै आएको अवस्था रहेको छ ।

सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी विवादको तस्बिर खिच्दै गरेको अवस्थामा केही दिन अगाडि पत्रकारहरु माथि भएको सांघातिक हमला सेलाउन नपाउँदै हुलाकी राजमार्ग अन्तर्गत रहेका औरही गाँउपालिका वडा नम्बर ५ औरही बजारमा
टुडेखोज अनलाईन तथा टुुडेखोज पत्रिकाका सम्पादक
सन्तोस यादवमाथि प्रहार हुनु दुखद घटना भएको मान्न सकिन्छ ।

प्रहारबाट पत्रकार यादवको कन्चटमा चोट लागेको अवस्था रहेको छ ।

स्थानिय विकास निर्माणलाई केन्द्रित गर्दै पत्रकार यादवले आफ्ना फेसबुक पेजमा स्टाटस लेखेर अपलोड गरेर राखेपछि उक्त विषयलाई लिएर उनी माथि हिजोदेखि विवाद चर्कदै गएर प्रहार गरिएको थियो ।

घटना स्थलमा इन्सपेक्टर सहितको टोली पुगेर घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker