मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधसमाचारस्थानीय खबर

लागू औषध सहित दुईजना मानिस प्रहरीकाे नियन्त्रणमा ।।।

सप्तरी जिल्लाको बलानविहुल गाउँपालिकाबाट लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनता खबर , भदौ ३१ । सप्तरी जिल्लाको बलानविहुल गाउँपालिकाबाट लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेशको प्रहरी टोली सहित, प्रहरी कार्यालय कल्याणपुर , ईलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले चेक जाँच गर्ने क्रममा लागू औषध सहित एक भारतीय नम्बर प्लेटको बाईक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको बलानविहुल गाउँपालिकाको वाडा नम्बर २ चन्ही चाैकमा चेक जाँच गर्ने क्रममा स्थानिय बेल्हि नाकाबाट चन्हीतर्फ अर्थात् दक्षिण देखि उत्तरतर्फ आइरहेको स १ ह ३६८६ नम्बरको टेम्पुमा लोड गरिएको चामलको बोराभित्र लुकाई छिपाई लागू औषध ल्याइरहेको अवस्थामा चेक जाँच गर्दा ठूलो परिणामको लागू औषध फेला परेको थियो ।

बोरा भित्र पलास्टिकमा पोका पारेको अवस्थामा डाइजेपाम ११७५ थान , फेनारगन ११७५ थान र वुप्रेन ११७५ थान गरी गरी जम्मा ३५२५ थान लागू औषध बरामद गरिएको छ ।

संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आज दिउसो करिब ३ बजेर ३० मिनेटको समयमा लागू औषध सहित मानिसलाई नियन्त्रणमा लिएको बताइएको छ ।

नियन्त्रणमा लिइएको मानिसलाई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले मोबाईल संपर्क मार्फत जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker