मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

ग्राहकलाई किरा खुवाउँदै माखन भोग होटल ।।।

सिरहाको लहानमा रहेको माखन भोग होटलमा चरम लापरवाही हुँदै आएको छ । लहानको पशुपति आदर्श माविको अगाडि पूर्वपट्टी रहेको होटलमा बारम्बार खानामा मानिसको स्वास्थ्यलाई प्रत्यक्ष्य असर पर्ने गरी किरा जन्य वस्तु फेला पर्न थालेका छन ।

             
जनता खबर,कार्तिक ५ । सिरहाको लहानमा रहेको माखन भोग होटलमा चरम लापरवाही हुँदै आएको छ ।
लहानको पशुपति आदर्श माविको अगाडि पूर्वपट्टी रहेको होटलमा बारम्बार खानामा मानिसको स्वास्थ्यलाई प्रत्यक्ष्य असर पर्ने गरी किरा जन्य वस्तु फेला पर्न थालेका छन ।
लहानको चर्चित होटलको रूपमा रहेको उक्त होटल अन्य होटल भन्दा महँगो हुनका साथै होटलको सरसफाई खस्किएको अवस्थामा रहेको पाईएको छ ।
पटक पटक विवादित बन्दै आएको यस होटलको सरसफाई प्रति निकाय बेखवर हुँदा होटेलमा लापरवाही बढिरहेको छ ।
उक्त होटलमा चिया , नास्ता, खाना लगाएत मिठाई जन्य वस्तुको किनमेल र खादा ग्राहक वर्गको खानामा कुनै न कुनै अखाद्यय वस्तु भेटिरहने आम गुनासो रहेको पाईन्छ ।
कानुनलाई चुनौती दिँदै आएका उक्त होटलमा कुनै अनुगमन नहुनु र सञ्चालक माथि हालसम्म कुनै कारवाहीको प्रक्रिया अगाडि नबढाउनुले स्थानिय प्रशासनको कमजोरी उदाङ्गिएको देखिन्छ ।
दशैं तिहारको समयमा हुने कालोबजारी नियन्त्रणका लागि सरकारले चालेको कदम प्रति स्थानिय प्रशासन गम्भीर नहुँदा लहानको यस होटलमा ग्राहक र समाजलाई चुनौती दिँदै मिसावट खाद्य वस्तु बिक्री हुँदै आएको छ ।
लहानको महँगो होटलको रूपमा परिचित यस होटलमा बिक्री हुँदै आएको बस्तुहरूबाट अध्यधिक फाईदा लिन पल्केका होटल सञ्चालक प्रति निकाय हालसम्म बेखवर हुनु चिन्ताको विषय हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker