मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

करारका कर्मचारी हटाउने निर्णयविरुद्ध दलहरू एकजुट

बर्दिबासमा कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्राही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुनस् स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।

जनता खबर – बर्दिबास , करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्राही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुनस् स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।

बर्दिबास नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेको बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, लोसपा लगायत दलहरूको बैठकले उद्योग बाणिज्य संघ बर्दिबास र खानेपानी तथा सरसफाईको रिक्त कार्यसमितिको बिषयमा समेत ध्यानाकर्षण जनाएका छन् ।

खानेपानी र  उद्योग बाणिज्य संघमा नेतृत्व गर्नेहरूनै जनप्रतिनिधिमा निर्वाचित भएका  हुनाले विधिअनुसार कार्यसमिति बनाइ पूर्णता दिन संयुक्त अनुरोध गरिएको छ ।

वडा नम्बर १२ का जनप्रतिनिधि तथा वडाध्यक्ष रामकिशोर साहको हातपातको बिषयमा समेत राजनीतिक दलहरूले चासो देखाएका छन् । कार्यकक्षमा नै प्रवेश गरी अध्यक्ष साहमाथि भएको साङ्घातिक हमलाप्रति निन्दा गर्दै दोषीलाई तुरुन्त कारवाही गर्न दलहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker