मिति:- ८ जेष्ठ २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

लाहान शिक्षा समिति सदस्य यादवले मेयर चौधरीको आडमा सार्वजनिक जग्गा हडप्यो

लाहान नगर प्रमुखको संरक्षणमा एक निजी विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ। लाहान वडा न. १ स्थित नहर छेउको सार्वजनिक जग्गा निजी विद्यालयका संचालक उमेश यादवले हड्पेको बुझिएको छ।

सिराहा । लाहान नगर प्रमुखको संरक्षणमा एक निजी विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ। लाहान वडा न. १ स्थित नहर छेउको सार्वजनिक जग्गा निजी विद्यालयका संचालक उमेश यादवले हड्पेको बुझिएको छ।

नम्बरी जग्गा केवल साढे २ धुर किनेर बाकी ७ धुर सार्वजनिक जग्गा हडपेको स्थानीयको गुनासो छ। नाम नखोल्ने शर्तमा उनको एक छिमेकीले भने ‘स्कुलको पछाडि पहिला सार्वजनिक बाटो थियो तर स्कुल संचालक यादवले उक्त बाटोमा माटो भरेर जबर्जस्ति घेरेको हो।’

जग्गा अतिक्रमणमा लाहान नगर प्रमुख महेश चौधरीले यादवलाई साथ र सहयोग दिएको खुलेको छ। उमेश यादव नगर प्रमुख चौधरीको पार्टीको हिसाबले नजिक मानिन्छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा नगर प्रमुखले यसरी आफ्नो पार्टीका झोलेहरुलाई बाड्नु र त्यसताका संरक्षण गर्नु न्यायोचित नभएको स्थानीयको गुनासो छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker