मिति:- २४ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

जनता समाजवादी पार्टी नेपाल सिराहालाई ठुलो झटका केन्द्रीय सदस्य सहित सैया नेता कार्यकर्ता द्वारा पार्टी परीत्याग

जसपा नेपाललाई झट्का, गोलबजारमा सयौंको संख्यामा नेताकार्यकर्ताद्धारा पार्टी परित्याग गरेका छन

 साउन १९,जनता समाजवादी पार्टी नेपाल(जसपा) सिराहालाई ठुलो झट्का लागेको छ । सिरहाको गोलबजारमा जसपा नेपालले पत्रकार सम्मेलन गरी जसपा नेपालका केन्द्रीय सदस्य रोहित महतो, केन्द्रीय अनुशासन आयोगका सदस्य डा.जयनारायण यादव, मधेस प्रदेश समिति सदस्यद्धय मनोज कुमार सिंह, बिन्दु कुमार साह, जिल्ला सदस्य हेमन्त कुमार श्रेष्ठ, मनरुप यादव, सुबोध कुमार सिंह, पूर्व युवा जिल्ला  अध्यक्ष पवन भण्डारी, बिक्रम महरा, पूर्व गोलबजार नगर अध्यक्ष संजीव कुमार यादव, ससचिव सतिराम यादव, पार्टी वडा अध्यक्ष रामजनम यादव लगायत सयौंको संख्यामा रहेको नेता–कार्यकर्ताहरु जसपाबाट असन्तुष्ट भई पार्टी परित्याग गरेका छन् । जसपाका केन्द्रीय सदस्य रोहित महतोले पार्टीमा कुनै विचार सिद्धान्त नरहेको र व्यक्ति मात्र हाबी भई पार्टीलाई नै बर्बादी पार्नेतिर लागेकोले बाध्य भएर सामूहिक रुपमा पार्टी परित्याग गरेको बताए । केन्द्रीय सदस्य महतोले थपे, गोलबजारमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले पार्टीलाई तहसनहस पारी आर्थिक चलखेलमा डुबेको आरोप लगाए ।

केन्द्रीय अनुशासन आयोगका सदस्य डा.जयनारायण यादवले जसपा नेपालको नेतृत्वको उदासिनताले पार्टी नै गुटगत दलदलमा फसिसकेकोले पार्टीले लिएको उद्देश्य र लक्ष्य पुरा गर्न नसक्ने देखेर हामी सामुहिक रुपमा पार्टी परित्याग गरेको र अब चाँडैनै बैठक बसी विचार, उद्देश्य मिल्ने पार्टी रोज्ने बताए । पत्रकार सम्मेलनमा मधेस प्रदेश सदस्य मनोज कुमार सिंह, बिन्दु कुमार साह, पूर्व नगर अध्यक्ष संजीव कुमार यादव, रामजनम यादव, पवन भण्डारी लगायतले लगायतले जसपा पार्टी निरंकुश शोषकहरुको हातमा गईसकेकोले जसपालाई अब बनाउन नसक्ने र पार्टीमा केन्द्रीय सदस्य शत्रुधन महतो, जिल्ला अध्यक्ष अशोककुमार यादव लगायतले पार्टीलाई पैसा कमाउने भाँडो बनाएकोले आफूहरु पार्टी परित्यागको घोषणा गरेको बताए । यसरी नै जसपा पार्टी परित्यागको क्रम चलिरहने र आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सिरहा जिल्लामा एक सिट पनि जित्न नसक्ने उनीहरूले ठोकुवा गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker