मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

ठठीया ईलाका प्रहरी कार्यालयको भवन जीर्ण ।।।

सिरहाको धनगढीमाई १२ ठठीया वरपिपल स्थित रहेको ईलाका प्रहरी कार्यालयको भवन जीर्ण अवस्थामा भएपनि हालसम्म उक्त ठाउँको कार्यालय ब्यबस्थापनका लागि कुनै ठोस पहल भएको छैन ।

विनोद मण्डल, कार्तिक ९ । सिरहाको धनगढीमाई १२ ठठीया वरपिपल स्थित रहेको ईलाका प्रहरी कार्यालयको भवन जीर्ण अवस्थामा भएपनि हालसम्म उक्त ठाउँको कार्यालय ब्यबस्थापनका लागि कुनै ठोस पहल भएको छैन ।

वर्षाको समयमा छानामा त्रिपाल राखेर बस्न र खान विवस नेपाल प्रहरीले वाडा कार्यालयको भवनको माथिल्लो तल्ला र वाडा अध्यक्ष बस्ने साइडको पूर्व तिरको कोठा ओगटेर नियमित बस्दै गर्दा आम जनताको कामकाजमा असहजता उत्पन्न भइरहेको छ ।

समाजलाई सुरुक्षा प्रदान गर्दै आएका नेपाल प्रहरीको घरको हालत यस्तो भइरहँदा पनि निकाय मौन रहेको छ ।

नेपाल प्रहरीको आफ्नो जग्गा भएपनि हालसम्म कार्यालय निर्माणको कुनै ठोस पहल थालिएको छैन ।

कार्यालय ब्यबस्थापनका बारेमा जिल्ला प्रहरी कार्यालय सिरहालाई पटक पटक भेटेर सम्पर्ग गर्दा ” सितापुर र विष्णुपुर प्रहरी कार्यालयको भवन निर्माणका लागि कानूनी प्रक्रिया पूरा भएको र टेण्डर बाकी रहेको ” बताउँदै आएको वर्षौ भएपनि हालसम्म भवन निर्माणको कुनै ठोस कदम चालिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker