मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचारस्थानीय खबर

लाहान प्रहरीद्वारा अबैधसामानबरामद ।।।

सिराहा स्थित लहान प्रहरीले भन्सार छली गरी ल्याएको अवैध सामान चीनी बरामद गरेको छ ।

 

सिरहा, जेठ ३१ । सिराहा स्थित लहान प्रहरीले भन्सार छली गरी ल्याएको अवैध सामान चीनी बरामद गरेको छ ।

लहानको वाडा नंबर १७ को बलान सेर स्थित स्थानीय बिनोद यादवको गोठ नजिक अलपत्र अवस्थामा राखिएको अवस्थाको सामानहरू ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटी गएकोे प्रहरी टोलीले बरामद गरेको हो ।

लहान नगरपालिकाको वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अबस्थामा भन्सार छली चोरी पैठारी गरी अवैध सामानहरु राखिएको छ , भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लहानका टोली उक्त ठाउँमा पुगेर सामान नियन्त्रणमा लिएको थियो ।

प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटिएको टोलीले ५० के.जि. तौलको जम्मा ७७ बोरा अं.मु.रू ३ लाख ८ हजार बराबरको भारतिय कम्पनिको चिनी फेला पारी बरामद गरेको हो ।

बरामद चीनी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker