मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

माेवाईल टावरका साथमा वडा अध्यक्ष अमित ठकुरी ।।।

सिरहाको विकट रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाइल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको सामग्री ल्याएर टावर निर्माणको वातावरण सिर्जना गरेर वडा बासिमा टावर निर्माण गरेर एतिहासिक खुशीयाली प्रदान गर्नुभएको छ ।

विनोद मण्डल, असाेज २३। सिरहाको विकट रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाइल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको सामग्री ल्याएर टावर निर्माणको वातावरण सिर्जना गरेर वडा बासिमा टावर निर्माण गरेर एतिहासिक खुशीयाली प्रदान गर्नुभएको छ ।

धनगढीमाई १४ का बस्तीहरू गागन, मागन, अमले, चकमके,मैनी चटयान, बिजुली पानी, पल्लार, मोतीश्री, मडयान , देउसे, महाजनी, खुट्टी, दलमे, राईरेनी, अमबास , हातिढुगा , करम चौरी, कसाई टार, चिहान डाँडा, अमिल्टार लगाएतका बस्तीहरूमा विगत लामो समयदेखि एनसेल र एनटिसी मोबाइल नेटवर्कको समस्या भोग्दै आएका स्थानियलाई २१ औं सताब्दीमा आधुनिक युगको आभास दिलाउन हरतरहले सफल भएका छन् वाडा अध्यक्ष अमित ठकुरी ।

बौद्धिक क्षमता र दूरदर्शिताका धनी वाडा अध्यक्ष अमित ठकुरीको लामो संघर्ष र मेहनतले आज धनगढीमाई १४ का जनतामा दशैको खुशीयाली सँगै टावरको खुशीयाली छाएको छ ।

आम जनताको सेवा सुविधालाई ख्याल गर्दै वडा अध्यक्ष अमित ठकुरीले टावरको लागि गरेको प्रयास सफल भएपछि स्थानिय जनतामा खुशीयाली छाएको छ ।
यता टावरको निर्माण कार्य सम्पन्न भएपछि वाडा अध्यक्ष अमित ठकुरी लेख्नुहुन्छ

” बोलेर होइन हजुर गरेर देखाउनुस् हजुरहरु कता ? NTC को टावर एता वार्ड न १४ मा ”

वाडा अध्यक्ष अमित ठकुरीको काम गराईको शैली अति उत्तम रहेको आम बुझाई रहेको पाईन्छ ।

टावर निर्माणले सिरहाको वडा नं १४ का सबै बस्तीहरूमा मोबाइल नेटवर्कमा कुनै कमी हुने छैन भने उदयपुरकाे कटारी नगरपालिकाका विभिन्न वडाहरूमा समेत नेटवर्कले सजिलै काम गर्ने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker