मिति:- १८ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

विद्युत प्राधिकरणको मुख्य गेटमा पानी जमेको अवस्था निकाय मौन ।।।

सिरहाको लहानमा रहेको नेपाल विद्युत प्राधिकरणको मुख्य गेटमा ठाउँ ठाउँमा पानी जमेको अवस्था रहेको देखिन्छ ।

विनोद मण्डल, असाेज २० । सिरहाको लहानमा रहेको नेपाल विद्युत प्राधिकरणको मुख्य गेटमा ठाउँ ठाउँमा पानी जमेको अवस्था रहेको देखिन्छ ।

पूर्व पश्चिम राजमार्गको दक्षिण लहान नगरपालिकाको वाडा नम्बर १ सिङराही स्थित रहेको नेपाल विद्युत प्राधिकरणको मुख्य गेट र ग्राहक साखा अगाडि आवत जावतलाई प्रभावित हुने गरी पानी जमे पनि हालसम्म निकाय मौन दर्शक बनेको अवस्था रहेको देखिन्छ ।

सामान्य वर्षाको समयमा पानी जम्ने अवस्थाको सिर्जना भै रहँदा पनि नेपाल विद्युत प्राधिकरण लहान शाखाले उक्त दृश्य प्रति ध्यान दिएको छैन ।

विद्युत प्राधिकरणको परिसरमा ठाउँ ठाउँमा रहेको खाल्डोमा पानी जमेर पोखरी भइरहँदा पनि हालसम्म उक्त ठाउँमा माटो भर्ने प्रयास गरिएको छैन ।

पोखरी झै देखिने परिसरको बारेमा कार्यालय प्रमुख हिमांशु यादवलाई संपर्ग गर्दा एक दुई दिन भित्र ग्रावेल माटो हाल्ने बताए ।

परिसरमा रहेको पोखरी झै पानीको भुसुनाले आफूहरुलाई दुःख दिँदै आएको ग्राहकहरुले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker