मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

सिरहाको धनगढीमाई न पा १ मा रहेको जनभावना बचत तथा ऋण सहकारी संस्था लि को १० औं वार्षिक साधरण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

सिरहा , १५ माघ । सिरहाको धनगढीमाई न पा १ मा रहेको जनभावना बचत तथा ऋण सहकारी संस्था लि को १० औं वार्षिक साधरण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
नगरको छपराडी बजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमूख शिवशंकर महतो, अथितिहरु वडा अध्यक्ष सुर्य नारायण यादव, वडा अध्यक्ष हमिद मियाँ, संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, स्थानिय समाजसेवी, शिक्षक, पत्रकार समेतको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सस्थाको आय व्यय कोषध्यक्ष नारायण यादवले प्रस्तुत गर्नु भएकाृ थियो भने सचिव उमेश कुमार यादवले ,प्रस्तुत गरेको बार्षिक कार्यक्रम माथि समिक्षा लगायतको विषयहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको शुरुवातमा सहकारीका सिद्दान्त र नियम बमोजिम आवस्यक ब्यबस्थापन गर्दै , अथितीहरुलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । करिब ३ सय ५० जनाको सहभागिताको बीचमा भएको कार्यक्रममा नगर प्रमूख शिवशंकर महतोले यस सहकारीले छोटो समयमा धेरै सदस्यहरू बनाउन सफल भएको चर्चा गर्दै आफूबाट हुने सहयोगको लागि हरदम तयार रहेको बताउनु भयो । साथै सहकारीले समाजलाई जोडने कार्य गर्ने बतएका छन ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुर्य नारायण यादवले जनभावना अनुसार यस संस्थाले आम गरिबी निवारणमा ठूलो योगदान गरेको चर्चा गर्दै आउने समयमा यस संस्थाको दायरा फराकिलो बनाउन सञ्चालक समितिसँग आग्रह गर्नु भएको छ ।

कार्यक्रममा २ जना वृद्ध वृद्धालाई सम्मान गरिनुको साथै पाँच जना असल ऋणी र ६ जना उत्कृष्ट बचत कर्तालाई पुरस्कार वितरण गरिएको सहकारीका उपाध्यक्ष शम्भु प्रसाद चौधरीले बताए ।
तेस्रो अधिवेशनबाट भोगेन्द्र यादवको अध्यक्षता ९ सदस्य सञ्चालक समितिको क्रमशः उपाध्यक्षमा शम्भु प्रसाद चौधरी सचिवमा नन्दीलाल चौधरी कोषध्यक्षमा नारायण यादव सदस्यहरुमा दुः खी लाल चौधरी,पुनिता कर्ण,सरस्वती रायमाझी,महेश्वरी महरा त्यसतै लेखा समितिका सयोजकमा लक्ष्मी नारायण यादव र सदस्यमा मन्दिरा कर्ण र मंगलु पासमान चयन भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker