मिति:- ३१ बैशाख २०८१, सोमबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

मधेश प्रदेश लगायत देशका विभिन्न भागमा चौरचन पर्व भव्यताका साथ मनाईदै ।।।

मधेश प्रदेश लगाएत देशका विभिन्न भागहरूमा यतिबेला चौथी चाँद अर्थात् चौर्चन मनाईदै छ ।

चौरचन मनाईदै ।।।

सितल साह , असाेज १ । मधेश प्रदेश लगाएत देशका विभिन्न भागहरूमा यतिबेला चौथी चाँद अर्थात् चौर्चन मनाईदै छ ।

झपक्क साँझपख आँगनमा लिपेर दिनभरि पकाएको पकवानहरु राखेर उदाउँदो चन्द्रलाई अर्घ दिने परप्परा रहेको छ ।

अत्यन्त निष्ठापूर्वक गरिने यस पूजामा खासगरी गणेशको पूजा गरिन्छ ।

आँगनमा तयार पारेको पूजा चन्द्रमा लाई हेरी विधिपूर्वक सम्पन्न गरी आँगनमै राेट ताेडि प्रसाद खाने गरिन्छ ।
प्राय सबै घरमा गरिने पूजाको यस दिनमा रातमा चौथी हान्दा पाप नलाग्ने जन विश्वासका कारण सामान्य रूपमा चौथी खेल्ने परम्परा अनुसार रातभरि रमाइलो गरेर जाग्राम बस्ने चलन रहेको पाईन्छ ।

आजको रात अन्धेरी रातको रूपमा परिचित भएकोले मानिसहरू जाग्राम बसी समुहमा रमाइलो गर्ने चलन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker