मिति:- २८ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अन्तरवार्ताअन्तर्राष्ट्रियअपराधआगलागीआर्थिककृषिखेलकुददुर्घटनानिर्वाचनपत्रपत्रिकाभिडियोमहाधिवेशनमुख्य-समाचारलागूऔषधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

भोलिदेखि उपत्यकाका ३ जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गरिने

२८ असार, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णउ भएको जनाएको छ ।

हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसपछि अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्नेछ ।

उपत्यकाको निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भिड लागेपछि अनलाइन प्रणाली सुरु गर्न नसकेको भन्दै आयोगको आलोचना भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker