मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

मधेशमा झिझिया नृत्यको रौनक ।।।

। बडा दसैंको शुरुवातसँगै दुर्गा भवानीको शक्ति पीठहरुमा बेलुका विधिपूर्वक पूजापाठ गरी मिथिला संस्कृतिको मौलिकता झल्किने लोकसाहित्य अन्तर्गतको झिझिया नृत्यको रौनक यतिबेला मधेशमा देख्न सकिन्छ ।

               
 विनोद मण्डल,कार्तिक १ । बडा दसैंको शुरुवातसँगै दुर्गा भवानीको शक्ति पीठहरुमा बेलुका विधिपूर्वक पूजापाठ गरी मिथिला संस्कृतिको मौलिकता झल्किने लोकसाहित्य अन्तर्गतको झिझिया नृत्यको रौनक यतिबेला मधेशमा देख्न सकिन्छ ।
बेलुका झपक्क साझ परेपछि गाउँको डीहिवार अर्थात् ब्रहमस्थानमा झिझिया खेल्ने टोलीका सबै महिलाहरु जम्मा भएर सुरुमा डीहिवारको पूजा गरेर झिझियाको शुरुवात गर्दछ । झिझियाको मुख्य गीतको रूपमा रहेको ” तोहरे भरोसे बरहम बाबा झिझिया बनेलीयै हो , बरहम बाबा झिझिया पर होईय सवार ” गीत गाएर झिझियाको शुरू गर्ने गरिन्छ । टोलीमा भेला भएका झिझिया टोली घर घरमा नाच्दै डायना बोक्सिलाई भगाउनका लागि ” चल चल गे डेनिया कदम तर तोहर बेटाके खेबौ ब्रहम तर ” भन्ने गीत पनि गाउने गर्दछ ।
कलात्मक हिसावले गोलो प्वाल पारिएको माटोको घैंटा भित्र बलिरहेको दियो राखेर त्यसलाई ढकानाले छोपेर ४/५ जनाको टोलीमा झिझिया नृत्य गरिन्छ । तान्त्रिक विधिबाट शिद्धि गरेर अर्थात् धामीले झिझियालाई बाधेर झिझिया खेल्ने गरिन्छ । कतिपय अवस्थामा यस नृत्य टोलीमा झिझिया सँगै धामीको पनि सहभागिता हुने गर्दछ । टाउकोमा घैटा राखेर नाचिने यो नृत्य आजभोलि डिजे साउण्डको सुर तालमा समेत आयोजना हुँदै आएको छ ।
मधेशका शक्ति पीठहरुमा यतिबेला बेलुका अबेला रातिसम्म झिझिया नृत्य प्रतियोगिता पनि जारी रहेको अवस्था रहेको छ । सिरहाको धनगढीमाई ५ मा भइरहेको झिझिया नृत्य प्रतियोगिताको लागि नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले पुरस्कारको समेत व्यबस्था मिलाउनु भएको छ ,यद्यपि झिझिया नृत्य जारी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker