मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलारबाट पुस ५ सशस्त्र प्रहरीले दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ गरेको छ

ओम प्रकाश यादव लहान पुष ६ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलारबाट पुस ५ सशस्त्र प्रहरीले दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खोज तलास गर्नेक्रममा बाँसघारीमा लुकाई छिपाई राखेको अबस्थामा दुई सय चालिस किलो गाँजा बिओपी बर्साईनले बरामद गरेको हो ।

यसैगरी सप्तरी जिल्लाकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले पाँच किलो तीन सय ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा आउदै गरेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८ बर्षिय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश तालिम शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा तथा नियन्त्रणमा लिईएका राईलाइ आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker