मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाकाे लहानमा पत्रकार भेटघाट ।।।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको लहानमा ट्राफिक प्रहरी र पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाकाे लहानमा पत्रकार भेटघाट ।।।

विनोद मण्डल, भदौ ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको लहानमा ट्राफिक प्रहरी र पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

लहान स्थित ट्राफिक कार्यालयमा कार्यालय प्रमुखको रूपमा डम्बर बहादुर पूरी आएपछि भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता, पूर्व अध्यक्ष तथा सिरहाका वरिष्ट अग्रज पत्रकार दिनेश्वर प्रसाद गुप्ता लगायतको करिब २ दर्जन बढी पत्रकारहरु सहभागी भएको कार्यक्रममा एक अर्काले परिचय गर्दै जिल्लामा ट्राफिक नियमको पालना बारे विशेष छलफल गरिएको थियो ।

जिल्लामा करिब ४३ किलोमीटर सडक ट्राफिक प्रहरीको कार्यक्षेत्र अन्तर्गत पर्ने भएकोले सवारी दुर्घटना न्यूनीकरण गर्न आफूहरु जनचेतना सहितको कार्यक्रमलाई अगाडि बढाउने ट्राफिक प्रमुखले बताउनु भएको छ ।

भेटघाटमा सडकको वर्तमान दुराबस्थाको बारेमा जानकारी गराउँदै कतिपय ठाउँहरूमा ट्राफिक पोस्ट अन्तर्गतका संकेतहरू हटेको अवस्था रहेको जानकारी समेत गराइएको थियो ।

कार्यक्रममा सिरहास्थित हुलाकी राजमार्गमा ट्राफिक जनचेतना अभावको कारण सबारी दुर्घटना बढीरहेकोले हुलाकी मार्गमा ट्राफिक प्रहरीको डयुटिसङै क्यामरा जडान गर्ने,नियम मिच्नेलाई फाइन मात्र नभएर कानुनी उपचार समेत गर्ने पुरिले बताए ।

उनले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै त्यसको न्यूनीकरणका लागि नियमको पालना गर्नसमेत आग्रह गरे ।

मधेशमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, अटोमोबाइल क्षेत्रमा भएको उन्नति, मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहेको सवारी चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरण हरेक नागरीकको दैनिक सरोकारको रूपमा विकसित बताइएको थियो ।

साप्ताहिक रूपमा सिरहाका विभिन्न पालिका अन्तर्गतका बजारहरुमा हुँदै आएको ट्राफिक नियमको बारेमा समेत ध्यानाकर्षण गराइएको थियो ।

बिना हेलमेट , सवारी साधनसंग सम्बन्धित कागजात नबोकी सवारी साधन चलाएमा कारवाही प्रक्रिया अगाडि बढाइने कुरा क्षलफलमा जानकारी गराइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker