मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

मोतिया बिन्दुको अप्रेसनको व्यवस्थापकीय भूमिकामा सम्पैत यादव ।।।

सिरहाको धनगढीमाईमा संचालित मोतिया बिन्दुको अप्रेशनलाई तार्किक निष्कर्षमा पुगाउँनका निम्ति नगरका जिन्सी साखा प्रमुख सम्पैत यादवको अमूल्य योगदानको मूल्यांकन हुन थालेको छ ।

विनोद मण्डल, फाल्गुन ५ । सिरहाको धनगढीमाईमा संचालित मोतिया बिन्दुको अप्रेशनलाई तार्किक निष्कर्षमा पुगाउँनका निम्ति नगरका जिन्सी साखा प्रमुख सम्पैत यादवको अमूल्य योगदानको मूल्यांकन हुन थालेको छ ।

मेडिकल टिम लगाएत बिरामीको लागि आवस्यक ब्यबस्थापनका लागि उनको योगदान आज देखि विशेष मूल्यांकन हुन थालेको अवस्था रहेको देखिन्छ ।

नगरमा आगन्तुक लगाएत बिरामीहरुको खान पिन लगाएत परिसरको व्यवस्थापकीय पक्षमा यादवले बिना आराम लगातार गर्दै आएको योगदानले कुनै पनि व्यक्तिलाई नगरमा जारी शिविरको समयमा आभाव खडकिएन ।

संचालित सर्जिकल सहितको निःशुल्क अप्रेशनको समयमा नगरका तर्फबाट उनले आवस्यक सबै ब्यबस्थापनका लागि लागातार खटिएका थिए ।

स्पस्ट वक्ता र मिजासालु स्वाभावका धनी उनको लागातार सक्रियताले आम बिरामीलाई सुविधा उपलब्ध हुनबाट बिना झन्झट सहजता भएको थियो ।

सेवा अवधिभर उच्च निगरानीको भूमिकामा रहँदै आउनुभएको यादवले नगरमा कुनै अभाबको महसुस हुन दिनु भयेन ।

नगरले आँखा जाँच शिविरलाई तार्किक निष्कर्षमा पुगाउने ब्यक्तित्वहरुलाई उच्च मूल्याङ्कन गरेर सम्मानको लागि पहिचान गर्न भने जरुरी रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker