मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

बिरामीको सेवामा वाडा अध्यक्ष ओम यादव ।।।

सिरहाको धनगढीमाईका जनप्रतिनिधिहरुको सक्रियतामा आम जनताको स्वास्थ्य अन्तर्गत आँखाको ज्योति फर्काउने एतिहासिक कार्य सम्पन्न गरिएको छ ।

विनोद मण्डल,फाल्गुन ४ । सिरहाको धनगढीमाईका जनप्रतिनिधिहरुको सक्रियतामा आम जनताको स्वास्थ्य अन्तर्गत आँखाको ज्योति फर्काउने एतिहासिक कार्य सम्पन्न गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान र धनगढीमाई नगरपालिकाको सहकार्यमा गत माघ २५ गतेदेखि नगरको १ देखि १४ वाडासम्म समुदाय स्तरमा संचालित आँखा शिविरबाट स्क्रिनिङ गरी पत्ता लगाएका ५३५ मोतिया बिन्दुको बिरामीमध्ये ५२४ जनाको सफल अप्रेशन गरिएको छ ।

अप्रेशन गरिएका बिरामीलाई वाडा अध्यक्ष ओम यादव नगरको प्रसासनिक भवनको प्रागणमा पुगेर आफैले पटक पटक आँखामा औषधी राखेर मानविय सेवा प्रदान गर्नु भएको छ ।

संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष ओम यादवले ” आफूलाई जनताले सेवाको निम्ति निर्वाचित गराउनु भएकोले यो एतिहासिक घडीमा बिरामीसँग बस्न पाउँदा अत्यन्त खुशी ,” लागेको बताउनु भएको छ ।

संचालित आँखा अप्रेशन शिविरमा नियमित रूपमा आफ्नो अमूल्य योगदान गर्दै आएका वाडा ओम यादव नियमित आम जनताको खुशीमा लागिरहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker