मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

बालिका बलात्कृत आरोपमा एक युवक पक्राऊ ।।।

लहानबाट एक १५ वर्षीय बालिका बलात्कृत आरोपमा एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ ।

जनता खबर , फाल्गुन ३ , सिरहा।। लहानबाट एक १५ वर्षीय बालिका बलात्कृत आरोपमा एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ ।

लहानको १ स्थित भाडामा लिएको घरमा बस्दै आएका सुखिपुर नगरपालिका वडा नं २ का १८ वर्षीय नितेश कुमार यादवले एक १५ वर्षीय बालिकालाई बलात्कृत गरी घाइते बनाएको आरोपमा उनलाई प्रहरीले पक्राऊ गरेको छ ।।

घाईते बालिकाको उपचार स्थानिय लाहान अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि विराटनगर स्थित एक अस्पतालमा पुर्याइएको छ र उपचार भइरहेको बालिकाको अवस्था सामान्य रहेको बुझिएको छ ।

घटनामा संलग्न नितेश कुमार यादवलाई लहानको तरकारी बजारबाट प्रहरीको टोली पुगेर नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान जारी रहेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker