मिति:- २२ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

सामाचार संकलनकाे अवरोध प्रति महासंघको ध्यानाकर्षण ।।।

सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा भु माफिया र विभिन्न क्रसर उद्योग सञ्चालकले प्रशासनलाई चुनौती दिँदै उत्खनन जारी राखेको स्थानहरूको सामाचार बाहिर ल्याउन जरुरी रहेको देखिन्छ

 

विनोद मण्डल,माघ २९ । सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा भु माफिया र विभिन्न क्रसर उद्योग सञ्चालकले प्रशासनलाई चुनौती दिँदै उत्खनन जारी राखेको स्थानहरूको सामाचार बाहिर ल्याउन जरुरी रहेको देखिन्छ ।

सिराहा जिल्लाको विभिन्न पालिका अन्तर्गत गोलबजार, धनगढी र लाहान लगायतको क्षेत्रमा उत्खनन जारीको अवस्था रहेको देखिन्छ ।

लुकी छिपी र स्थानिय प्रशासनको मिलेमतोमा कतिपय ठाउँहरूमा यतिबेला पनि उत्खनन जारी रहेको पाईन्छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा ,जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला सम्वन्य समिति सिरहालाई चुनौती दिँदै लहानको खुट्टी खोलामा उत्खनन जारी रहेको सामाचार संकलन गर्न गएका पत्रकारहरुलाई सामाचार संकलनमा अवरोध गरिएको छ ।

गत माघ २४ गते बेलुका स्थानिय लाहान १५ स्थित खुट्टी खोलाबाट उत्खनन जारी रहेको सामाचार संकलन गर्न उक्त ठाउँमा पुगेका पत्रकारद्धय विनय यादव र सुरेश रायलाई चाइना कम्पनीका प्राविधिक सहितको समुहले फोटो ,भिडियो खिच्न रोकेको घटनाप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाले घटनाको निन्दा गरेको छ ।

सामाचार संकलनमा अवरोध गर्ने तत्वको पहिचान गरी कानुनी कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैताद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker