मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

निशुल्क सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न ।।।

विभिन्न सामाजिक कार्य गर्दै आएका मिथिला युवा समाजले सिरहामा स्यानेटरी प्याड वितरण गरेको छ ।

विनोद मण्डल, पुस ६ । विभिन्न सामाजिक कार्य गर्दै आएका मिथिला युवा समाजले सिरहामा स्यानेटरी प्याड वितरण गरेको छ ।

समाजले सिरहा न.पा. वाडा नम्बर १५ को सुखचैनामा महिनावारी जागरुकता अभियान अन्तर्गत ग्रामीण महिलाहरुलाई महिनाबारी सम्बन्धि चेतनामुलक एक औपचारिक कार्यक्रमका बीच निशुल्क सेनेटरी प्याड बितरण गरेको छ ।

स्यानेटरी प्याडको प्रयोग सम्बन्धी चेतनामूलक जानकारी गराउँदै ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा महिनाबारीको समयमा ख्याल गर्नुपर्ने आवश्यक ज्ञानको अभाबको कारणले देखिने पाठेघरको संक्रमणको समस्याबाट बच्नका लागि प्याड वितरण कार्यक्रमले सकारात्मक प्रभाव पर्ने मूल्यांकन गरिएको छ ।

कार्यक्रममा करिब १५७ स्थानिय महिलाहरुको सभभागिता रहेको मिथिला युवा समाजका सभापति सुनिल साहले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker