मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

पूर्णिमाको अवसरमा बैल गाडा प्रतियोगिता सम्पन्न ।।।

पूर्णिमाको अवसरमा बैल गाडा प्रतियोगिता सम्पन्न ।।।

जनता खबर , मंसिर १३ । मधेशमा पवित्र स्नानको रूपमा रहेको कार्तिक स्नानको अवसरमा विभिन्न परम्परागत र सांस्कृतिक विषय वस्तुको प्रस्तुति गरेर संस्कृतिको जगेर्ना गर्दै कार्तिक पूर्णिमा मनाईन्छ ।

सिराहा र सप्तरी लगाएतका जिल्लाहरुमा आफ्नो संस्कृति कायम गर्दै पूर्णिमा स्नानको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

पूर्णिमाको अवसरमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वाडा नम्बर ९ बैरबोनामा बिगत २० बर्ष देखि कातिक पुर्णिामाको उपलक्ष्यमा आयोजना हुँदै आएको बैलगाडा दौड प्रतियोगिता यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ ।

आयोजित प्रतियोगितामा १३ जोडी बैलगाडा सहभागी भएका थिए । स्थानिय गाउँका गोरु धनीहरुले गाडा सहित गोरुलाई घन्टी घाँटीमा माला झै लगाएर गोरुलाई रंगाएर प्रतियोगितामा सहभागी भएर गाडा सहित खुल्ला दौडमा सहभागी भएर आफ्ना प्रतिभा देखाएका थिए ।

करिब ३ हजार दर्शकको सहभागितामा हर्सोलास पुर्वक आयोजित कार्यक्रममा १३ गाडा मध्ये सिरहा जिल्लाको सखुवा नन्कारकट्टी ४ सिमरहाका खडानन्द कुसियैतको गाडाले प्रथम स्थान प्राप्त गरेका छन् भने
सप्तरी जिल्लाको नरेश यादबको गाडाले दोश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker