मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधसमाचारस्थानीय खबर

खैरो हिरोईन सहित एक जना मानिस नियन्त्रणमा ।।।

सिराहा प्रहरीले लागु औषध हिरोइन सहित गोलबजार नगरपालिका वडा नं ९ डण्डाका ३० वर्षीय श्रीदेव यादवलाई नियन्त्रणमा लिएको छ ।

विनोद मण्डल, मंसिर ७ । सिराहा प्रहरीले लागु औषध हिरोइन सहित गोलबजार नगरपालिका वडा नं ९ डण्डाका ३० वर्षीय श्रीदेव यादवलाई नियन्त्रणमा लिएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय गोलबजारका प्र.ह. अमित यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले नरहा गाउँपालिका वाडा नम्बर ३ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चोरी मुद्दाका फरार यादवलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उनले लगाएको पाईन्टको दाहिने खल्तिबाट कालो प्लाष्टिकमा बेरी राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ करिब प्लाष्टिक सहित ९७० मिलिग्राम र प्लाष्टिक बाहेक ९०० मिलि ग्राम फेला पारेको थियो ।

उनलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सिराहाबाट सात दिनको म्याद लिई ई.प्र.का. गोलबजारबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker