मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

सिरहामा बिपी स्मृति भवनको सिल्यान्यास ।।।

सिरहाको सदरमुकाम सिरहामा बिपी स्मृति भवनको सिल्यान्यास् गरिएको छ ।

सितल साह, मंसिर ७ । सिरहाको सदरमुकाम सिरहामा बिपी स्मृति भवनको सिल्यान्यास् गरिएको छ ।

नेपाली राजनीतिका शिखर पुरुषको रूपमा चिनिएका बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट पीडित भई उनको निधन भएको थियो ।

नेपालका २२ औं प्रधानमन्त्रीको रूपमा विसं २०१५ शालको संसदीय निर्वाचनपछि २०१६ जेठमा बिपी कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले वि.सं. २०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्दै देशलाई अशल मार्गमा जानका लागि योगदान गरेका थिए ।

पिता कृष्णप्रसाद कोइरालाको राजनीतिक पृष्ठभूमिका कारण उनी सानैदेखि राजनीतिक प्रभावमा परेका थिए ।

बिपी कोइरालाको राजनीतिक जीवन भारतमा चलिरहेको भारतीय स्वतन्त्रता आन्दोलनबाट शुरू भएको थियो ।

भारतमा चलिरहेको आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद कोइराला र भाई मातृकाप्रसाद कोइरालालाई सन् १९८७ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेर राख्यो ।

उनलाई बेलायती सरकारले सन् १९४२ देखि १९४४ सम्म चलिरहेको दोस्रो विश्वयुद्धको समयमा जबरजस्ती सैनिकमा भर्ना गर्‍यो त्यसपछि त्यहाँबाट छुटेपछि उनले वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

कोइरालालाई वि.सं. २००४ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा नेपाल सरकारले एक वर्ष कैद गर्‍याे ।

सन् १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरू गरे । २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।

वि.सं. २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे ।

बि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखियो ।

वि.सं. २०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिईयो । वि.सं. २०३३ सालमा उनी नेपाल फर्के । तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राखे ।

अन्तर्राष्ट्रिय दबाबका कारण १९३५ मा उनका विरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो ।

वि.सं. २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो ।

राजनीतिक योगदानको सम्झनामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्वारा सिरहामा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको कार्यकालमा पार्टी भवनको सिल्याण्यास गरिएको छ ।
नेपाली कांग्रेस पार्टीका मधेश प्रदेश सभापति एव मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मंत्री कृष्ण प्रसाद यादवद्वारा बिपी स्मृति भवनको शिल्यान्यस गरिएको छ ।
पूर्व निर्धारित समय अनुसार बिहान १० बजे विधिपूर्वक भवनको सील्यान्यास गरिएको हो ।

कार्यक्रममा जिल्ला भरिका पार्टी निकट नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको उक्त पार्टीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker