मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

पेटमा बासले छेडिएर एक महिला घाईते ।।

उदयपुर जिल्लाको बगहा सडखण्डस्थित दुर्घटनामा परी एक महिला सख्त घाईते भएको हो ।

विनोद मण्डल, कार्तिक २१ । उदयपुर जिल्लाको बगहा सडखण्डस्थित दुर्घटनामा परी एक महिला सख्त घाईते भएको हो

गत शनिवार करिब दिउसो २ बजेको समयमा त्रियुगा नगरपालिका वडा नं ५ बगाहा स्थित जोगिदहबाट बास लोड गरी देउरी तर्फ जाँदै गरेको स १ त २८२५ नम्बरको ट्र्याक्टर र समान दिशातर्फ गइरहेको प्र -१-०५-० ०१ प ६९११ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा मोटर साइकल चालक त्रियुगा नगरपालिका वडा नं ६ का ३९ वर्षीय सलीम अलीको बाया हात , टाउकोमा सामान्य चोट लागेको थियो ।

 

अलिको पछाडी बाईकमा सवार त्रियुगा नगरपालिका वडा नं ३ की ४४ वर्षीय शारदा चौधरीको पेटमा बास छेडिएर पेटको अगाडि भागबाट पछाडी दाडबाट निस्किएको थियो । घटना स्थल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट करिब ४ किलोमिटर पूर्व दक्षिणको दूरीमा रहेको उक्त ठाउँबाट तत्काल घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो । घाइतेहरुको उपचार जिल्ला अस्पताल उदयपुरमा सम्भव नदेखिएपछि थप उपचारको लागि विराटनगरस्थित विराट नर्सीङ होम लगिएको थियो ।

 

ट्र्याक्टर चालक त्रियुगा नगरपालिका वडा नं ५ देउरीका २२ वर्षीय अर्जुन सदाय सहित दुवै सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उपचारमा रहेकी चौधरीको अपरेसन गरी बास निकालिएको र अवस्था गंभीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker