मिति:- १ जेष्ठ २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

१७ बुदेँ माग सहित नेपाली काग्रेस र जसपाले बुझाए संयुक्त प्रेस विज्ञप्ति।।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा असन्तुस्टी जनाउदै १७ बुदेँ माग सहित नेपाली काग्रेस जसपाले संयुक्त प्रेस विज्ञप्ति बुझाएका छन् ।

जनता खबर, लहान १६ कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा असन्तुस्टी जनाउदै १७ बुदेँ माग सहित नेपाली काग्रेस जसपाले संयुक्त प्रेस विज्ञप्ति बुझाएका छन् । पछिल्लो समय आफु पटक पटक कर्मचारीहरुलाई तलब खुवाउने बातावरण मिलाउनुस भन्दा भन्दै मेयर केदार नाथ यादव आलटाल गर्दै तलव भत्ता बृद्ध भत्ता नखुवाएको प्रति आफु गम्भीर भएको उपमेयर निलम यादवले आरोप लगाएको हो । जसका कारण वडाअध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरुनै आन्दोलित भएका छन् ।

सखुवान्नकारकट्टी गाउँपालिकाका मेयर केदार नाथ यादव, प्रमुख प्रसाशकिय अधिकृत राजिव झा ,शिक्षा प्रमुख भोगेन्द्र यादवलाई पहिलादेखिनै जानकारी हुदाँहुदै पनि आफुलाई केहि जानकारी नभएको प्रमुख प्रसाशकिय अधिकृत राजिव झाले हाम्रा सहयोगी मनोज कुमार यादवलाई फोन सम्बादमा भनेका थिए । नेपालि कांग्रेस र जनता समाजवादी नेपालले संयुक्त रुपमा संयुक्त प्रेस विज्ञप्ती जारी गरी सखुवान्नकारकट्टी गाउँपालिकाका कार्यवाहक प्रमुख प्रसाशकिय अधिकृत हरी नारायण चौधरीलाई बुझाएको सो पत्र बुझाएका थिए ।

सखुवान्नकारकट्टी गाउँ पालिका उपाध्यक्ष निलम यादव,वडा नं. १ का वडा अध्यक्ष संजय कुमार यादव,वडा नं. २ का वडा अध्यक्ष तनुकलाल यादव,वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव लगायत कार्यपलिका सदस्य र वडा सदस्यहरुका हस्ताक्षर सहित विज्ञप्तीमा उल्लेख छ । चाड पर्वमा पनि कर्मचारीले तलब नपाएको र तीन महिनाको समाजिक सुरक्षा भत्ता किन र के कति कारणले वितरण हुन नसकेको गत आर्थिक वर्ष ०७९ र ०८० को समपूर्ण हिसाव विवरण कार्यपालिका सदस्यहरुलाई उपलव्ध गराउनु पर्ने, मिति २०८०।३।२५ गते परिषदले गरेको सम्पूर्ण निर्णयहरु खारेज हुनु पर्ने लगायत १७ वुंदे माग सहित विज्ञप्ती पालिका का. वा.अधिकृत चौधरीलाई बुझाएको हो ।

अहिले यो विषयमा आफू केहि न बोल्ने प्रमुख प्रसाशकिय अधिकृत राजीव कुमार झा आएपछी अधिकृतलाई बुभझाउने का.वा अधिकृत चौधरीले बताउनु भयो । आफूहरुको माग सम्वोधन नभए कानुनी प्रक्रिया अपनाई कडा आन्दोलन गर्ने २ नं.का वडा अध्यक्ष तनुकलाल यादवले जनाउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker