मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचार

खण्डग्रास चन्द्र ग्रहण लाग्दै ।।।

पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्थालाई चन्द्र ग्रहण भनिन्छ ।

खण्डग्रास चन्द्र ग्रहण लाग्दै ।।

सितल साह , कार्तिक ११ ।पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्थालाई चन्द्र ग्रहण भनिन्छ ।

पूर्णिमाको रातमा लाग्ने चन्द्र ग्रहण चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी तथा चन्द्रमा एउटै सरल रेखामा रहँदा पृथ्वी बिचमा परेको बेला पृथ्वीको छाया चन्द्रमामा परी पृथ्वीबाट चन्द्र ग्रहण देखिन्छ ।

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति असमानताको कारण ग्रहण लाग्ने गर्दछ ।

पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहणको स्थिति सिर्जना हुन्छ ।

आज नेपाली आकाशमा खण्डग्रास चन्द्रग्रहण राति १ बजेर १९ मिनेटदेखि २ बजेर ३८ मिनेटसम्म लाग्नेछ ।

आज पृथ्वीको छायाले चन्द्रमाको करिब ६ प्रतिशत भाग ढाक्ने बुझिएको छ ।

आज लाग्ने चन्द्रग्रहण १ घण्टा १९ मिनेटसम्म रहनेछ जसलाई प्रत्यक्ष आँखाले हेर्न सकिनेछ ।

सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमाको राति लाग्ने गर्छ ।

राति लाग्ने खण्डग्रास चन्द्र ग्रहणमा राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आईतबार बिहान १ः२० बजे ढाक्ने बताइएको छ भने आईतबार बिहान १ः५९ बजे ग्रहणको मध्य हुनेछ र बिहान ४ः१२ बजे विरल छायाले ढाक्न छोड्ने बुझिएको छ ।

नेपालका सबै भागबाट खण्डग्रास चन्द्र ग्रहण देख्न सकिने छ । सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुने बताइएको छ ।

आजको ग्रहण ३८ मिनेटसम्म नेपाली आकाशमा देख्न सकिने अवस्था छ ।

चन्द्रग्रहण खग्रास र खण्डग्रास गरी दुई किसिमको हुन्छ । चन्द्रमाको कुनै पनि प्रकाश पृथ्वीमा आउन नसक्नेगरी छाया पर्नुलाई खग्रास चन्द्रग्रहण भनिन्छ त्यस्तो अवस्थामा “चन्द्रमा सुन्तला र गुलाबी रङ मिश्रित देखिन्छ ” त्यस्तो देखिने चन्द्रमालाई रक्तिम वा ब्लड मून पनि भनिन्छ ।

पूर्णिमाको रातमा लाग्ने चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker