मिति:- १९ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिमहाधिवेशनसमाचारस्थानीय खबर

साना किसानको सातौं साधारण सभा सम्पन्न ।।।

सिरहाको धनगढीमाई १० मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

जनता खबर , असाेज २६ । सिरहाको धनगढीमाई १० मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

धनगढीमाईका मेयर शिवशंकर महतोको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा वाडा अध्यक्षहरु अशोक श्रेष्ठ, सरोज कुमार महतो लगाएत स्थानिय जनप्रतिनिधिहरु ,समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार लगाएत करिब १५ सयको सहभागी भएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

करिब ११ सय सेयर सदस्य रहेको यस संस्थाको आयोजित सातौ बार्षिक साधारण सभाको उद्दघाटन व्यानर खोलेर पानसमा दीप प्रज्वलन गरेर मेयर शिवशंकर महतोले गर्नु भएको थियो ।

आयोजित कार्यक्रममा राष्ट्रीय गानको प्रस्तुति पछि स्वागत नृत्य र भाषण सास्थाका तर्फबाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको औपचारिक शुरुवात भएपछि संस्थाको आय व्ययको प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागी अथितीहरुले साना किसान सहकारी संस्थाले समाजमा गरेको योगदानको बारेमा चर्चा गर्दै सफलताको शुभकामना दिएका थिए ।

साना किसान सहकारी संस्था लि ले विगतका वर्षहरुमा समाजमा पुर्याएको योगदानको व्यापक चर्चा गरिएको थियो ।

स्थानिय कृषि बजारमा आयोजित कार्यक्रममा सहभागी सदस्यहरुलाई उपहार स्वरुप आरी लगाएतका सामग्री वितरण गरिएको थियो ।

यस संस्थाले बार्षिक रूपमा गर्दै आएको कार्यक्रमले समाजमा सकारात्मक प्रभाव परेको आम बुझाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker