मिति:- २१ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

सिराहाका युनियन अध्यक्ष जर्घाको बदमासी, जनप्रतिनिधिको उस्काहटमा पत्रकारमाथि दुर्ववहार।।

जनआस्था साप्ताहिकका पत्रकार सन्ताेष बराइलीमाथि दुर्व्यवहार भएकाे छ ।

सिराहा । जनआस्था साप्ताहिकका पत्रकार सन्ताेष बराइलीमाथि दुर्व्यवहार भएकाे छ । मिति ०८०–६–१३ गते साँझपख पत्रकार शम्भु यादवसँग लाहान स्थित कान्छा होटलमा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र उहाँको साधारण जीवनशैलीबारे स्टोरीको सम्बन्धमा कुराकानी भइरहँदा मदिराले लठ्ठ भएर आईपुगेका नेपाल प्रेस युनियनका सिरहा जिल्ला अध्यक्ष भरत जर्घामगरले दुर्व्यहार गरेकाेबारे पत्रकार बराइलीले नेपाल पत्रकार महासँघ सिरहा शाखालाई लिखित निवेदन मार्फत ध्यानाकर्षण गराएका छन् ।

एक्कासी कुराकानीस्थलमा आएर युनियन अध्यक्ष जर्घामगरले बिनाप्रसङ्ग कुराकानी झिकेर निहु खाेजेका बराइलीले निवेदनमा उल्लेख गरेका छन् । जर्घामगरले गोजीबाट पटकपटक पैसाको गड्डी खाजा राखिएको टेबुलमा पछार्दै यो ५० हजार हो, यस्ता मूला पैसा हामीसँग पनि फालाफाल छ भनेर विभिन्न प्रसङ्ग निकाल्न थालेपछि असहज महसुस भएपछि आफू होटलको बिल तिरेर बाहिरन खोज्दा जर्घामगरले बराइलीलाइ बलप्रयाेग गरेर राेक्ने प्रयास गरेपछि स्थिती तनावपूर्ण बनेकाे थियाे । निवेदनमा अगाडि उल्लेख गरिएकाे छ – जर्घामगरले म बाहेक तिमीलाई लहानमा अरू कसले जोगाउन सक्छ हेरौँ भन्दै मलाई करिब ७ मिनेट लछारपछार गरेर पूर्ववतः खाजा खाइरहेको टेबुलमा फर्काउने प्रयास गरे । तर मदिराले लठ्ठिएका उनको प्रयास असफल भयो ।
उनको यो व्यवहारले उनी कसैको प्यादा बनेर योजनाबद्ध ढङ्गले म विरूद्व परिचालन भएको मैले महसुस गरेको छु , बराइलीले निवेदनमा अगाडि भनेकाछन् – उनले मसँग अमानवीय व्यवहार किन गरे ? यसबारे उनीसँग स्पष्टिकरण लिएर कानुनसंंगत कारबाहीको प्रकृया अघि बढाइदिन महासँघ सँग जाेडदार माग गरेको छ ।

बराईलिले पालिकाका अनैतिक गतिबिधि सम्बन्धि समाचार सम्प्रेषण गर्दै आएकाले आफुमाथि जनप्रतिनिधिकाे ईसारामा साे घटना भएकाे भनाइ प्रष्ट पारेका छन। बराईलि प्रेस चाैतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाण्डाै शाखाका पूर्व बाेर्ड सदस्य समेत हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker