मिति:- २३ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

बिचल्लीमा देवीका सदाय ।।।

सिरहाको गोलबजार १ बल्डारा माइती भएकी देवीका सदाय प्रेम जालमा परी यतिबेला बिचल्लीमा परेकी छिन ।

विनोद मण्डल, असाेज १९ । सिरहाको गोलबजार १ बल्डारा माइती भएकी देवीका सदाय प्रेम जालमा परी यतिबेला बिचल्लीमा परेकी छिन ।

गोलबजार १ की २४ वर्षीय देवीका सदायलाई मिर्चैया नगरपालिका वडा नं ९ भगवानपुरका २५ वर्षीय विजय महतोले बिचल्लीमा पारेका हुन् ।

वर्षौंदेखि प्रेम सम्बन्धका जालमा पारेर देविकालाई विजयले सिरहाको बन्दीपुरमा कोठा भाडामा लिएर राख्दै आएका थिए ।

कोठमा राख्दै आएका बखत विजयले दिनभर आफ्ना घर परिवारको सम्पर्कमा रहेर बेलुका उनीसँग बस्दै आएका थिए ।

सँगै बस्दै आएका उनले देबिकालाई खर्च समेत दिँदै आएका थिए । सँगै बसी रहेको देविकाले गर्भ बोकेको थाहा पाएपछि झुकाएर कोठामै औषधि खुवाएर गर्भपतन गराएको देवीकाको आरोप रहेको छ ।

वैदेशिक रोजगारीका क्रममा कतार गएका विजयले उनलाई बेला बेलामा खर्च समेत पठाइरहेको थियो ,तर कतारबाट फर्किएका विजयले देविकालाई भित्र्याउन नमानेपछि न्यायको लागि देविकाले मिर्चैया प्रहिरीमा उजुरी दिएकी छिन् ।

मिर्चैया प्रहरीले विजयको अभिभावकलाई बोलाएर सामान्य छलफल गराएता पनि विजय भने फरार रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker